इद उल फित्रका अवसरमा आज सार्वजनिक विदा


नेपालपाना प्रकाशित: २०७६-२-२२ गते
इद उल फित्रका अवसरमा आज सार्वजनिक विदा

काठमाडौं । नेपालका इस्लाम धर्मावलम्बीले आज बुधबार इद उल फित्र पर्व मनाउँदै छन् । इदुल फित्रका अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

गृह मन्त्रालयले सूचना निकालेर इस्लाम धर्मावलम्बीको महान पर्व इद उल फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।एक महिनासम्म दिनभर पानीसमेत नखाइ व्रत बसेका मुस्लिम समुदायले अन्तिम दिन इद उल फित्र मनाउने गर्छन् ।

इद उल फित्रलाई मुस्लिम धर्मावलम्बीले महान पर्वको रुपमा मनाउने गर्छन् । सरकारले यसअघि बिहीबार इद उल फित्र पर्ने भन्दै २३ गतेका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
 
तर इद उल फित्र बुधबार नै पर्ने भएपछि सरकारले निर्णय सच्चाउँदै बुधबारका लागि बिदा दिने निर्णय गरेको हो । यसअघि प्रदेश २ ले पनि बुधबार प्रदेशभर सार्वजनिक बिदाको घोषणा गरेको थियो ।







ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानमा हिन्दु शिक्षकमाथि बर्बर आक्रमण 
ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानमा हिन्दु शिक्षकमाथि बर्बर आक्रमण 

काठमाडौं । ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानको सिन्ध उपत्यकामा हिन्दु शिक्षकमाथि मुसलमानहरुले बर्बर आक्रमण गरेका छन् । स्थानीय विद्यालयका प्रधानाध्यापक समेत रहे..

जानकी मन्दिर तोडफोड गरेको आरोप लागेकाहरु धनुषा अदालतबाट 'चोख्खिए' !
जानकी मन्दिर तोडफोड गरेको आरोप लागेकाहरु धनुषा अदालतबाट 'चोख्खिए' !

जनकपुरधाम । मधेश आन्दोलनका नाममा हुलदंगा गरी जानकी मन्दिरको गर्भगृह तोडफोड गरेको आरोप खेपेकाहरु धनुषा जिल्ला अदालतबाट 'चोख्खिएका' छन् । धनुषा अदालतको इजलास नम्बर ७..

आजदेखि सोह्र श्राद्ध सुरु, १५ दिनसम्म पितृको स्मरण गरिँदै
आजदेखि सोह्र श्राद्ध सुरु, १५ दिनसम्म पितृको स्मरण गरिँदै

काठमाडौँ । वैदिक सनातन परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदाका दिन आज प्रतिपदा तिथि श्राद्ध गरी सोह्रश्राद्ध शुरु भएको हो..

वर्षा र सहकालका देवता इन्द्रको पुजाआजा गरी आज इन्द्रजात्रा मनाईंदै
वर्षा र सहकालका देवता इन्द्रको पुजाआजा गरी आज इन्द्रजात्रा मनाईंदै

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठ..