अन्धाधुन्ध गोली प्रहारबाट अस्ट्रेलियामा ४ जनाको मृत्यु


नेपाल पाना प्रकाशित: २०७६-२-२२ गते
अन्धाधुन्ध गोली प्रहारबाट अस्ट्रेलियामा ४ जनाको मृत्यु

काठमाडौं । एक व्यक्तिको अन्धाधुन्ध गोली प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ ।

अस्ट्रेलियाको नर्दन टेरिटोरी राज्यको राजधानी डार्बिनमा बन्दुकधारीले सटगन लिएर जथाभावी गोली प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो । गोली प्रहारबाट कम्तिमा ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय समाचारमाध्यमका अनुसार एक व्यक्तिले सटगनबाट जथाभावी गोली प्रहार गरेको सूचना पाएपछि प्रहरीले सहरमा सुरक्षा सर्तकता अपनाएको थियो । डार्बिनको भित्री क्षेत्र वुल्नरमा कैयौं गोलीको आवाज सुनिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएअनुसार बन्दुकधारीले डार्बिनको एक होटलको प्रत्येक कोठामा पसेर जथाभावी गोली प्रहार गरेका थिए । अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार आक्रमणकारीले पाल्मस होटलमा रहेकी एक महिलाको गोडामा कयौं पटक गोली हानेका थिए ।

घटनामा एक ब्यक्तिको मात्र संलग्नता रहेको हुन सक्ने बताइएको छ । घटना भएको एक घण्टापछि नै ४५ वर्षिय आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर पक्राउ परेका व्यक्तिका बारेमा विस्तृत जानकारी दिइएको छैन ।

प्रहरीका अनुसार बन्दुकधारीले टोयोटाको सेतो हाइलक्स गाडी चलाएर आएका थिए । यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले घटना आतंकवादी क्रियाकलापसँग सम्बन्धित नरहेको बताएका छन् ।


ईरानले बेलायती तेल ट्यांकर कब्जा ग-यो, खाडी क्षेत्र थप तनावग्रस्त !
ईरानले बेलायती तेल ट्यांकर कब्जा ग-यो, खाडी क्षेत्र थप तनावग्रस्त !

काठमाडौं । ईरानी रिभोल्युसनरी गार्डले होरमुजको खाडीबाट स्टेना इम्पेरो नामक बेलायती तेल ट्यांकर कब्जामा लिएको छ ।  ईरानले तत्काल आफ्नो तेल ट्यांकर नछोडेमा उसले गम्भीर न..

अमेरिका जाँदै हुनुहुन्छ ? बेरोजगारी दर बढ्यो
अमेरिका जाँदै हुनुहुन्छ ? बेरोजगारी दर बढ्यो

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ। जुलाई १३ मा बेरोजगार भत्ताका लागि दाबी गर्ने अमेरिकीहरूको संख्..

जब बाढीले बगाएकी बाघिनी मानिसको ओछ्यानमा आएर सुतिन्...
जब बाढीले बगाएकी बाघिनी मानिसको ओछ्यानमा आएर सुतिन्...

एजेन्सी । भारत आसामको काजीरंगा राष्ट्रिय पार्कमा आएको बाढीले बगाएकी एक बाघिनीले स्थानीय मानिसको घरमा शरण लिएको खबर चर्चित बनेको छ ।  भारतको बन्यजन्तु कोषका अनुसार यी ब..

अभिनेता अक्षयकुमारले बाढीपीडितलाई गरे ३ करोड सहयोग
अभिनेता अक्षयकुमारले बाढीपीडितलाई गरे ३ करोड सहयोग

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले भारतको असम राज्यका बाढी पीडितलाई दुई करोड भारु सहयोग गरेका छन्। उनले आफ्नो औपचारिक ट्वीटरमार्फत असम राज्यका बाढी पीडितलाई दुई करोड भारु सह..