संसारबाटै हराउन लागेका गिद्ध नेपालमा भेटिए


रासस प्रकाशित: २०७६-२-२३ गते
संसारबाटै हराउन लागेका गिद्ध नेपालमा भेटिए

सिरहा । विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध बलानखोलामा एकै स्थानमा एक दर्जनभन्दा बढी देखापरेका छन् । बलानखोलामा केही दिनयता दर्जनभन्दा बढीको सङ्ख्यामा गिद्ध विचरण गरेको देखिएको छ ।

सो स्थानमा विषेशगरी गिद्ध बस्ने सिमलका रुख भएकाले खैरो रङका बूढा गिद्ध देखिएका छन् । स्थानीय ललीत गुप्ताले १५ सम्म गिद्ध गनेको बताए । उनले भने, “मैले दुई दिनदेखि गिद्ध गनिरहेको छु, पहिलो दिन १४ थिए भने दोस्रो दिन २० थियो । गिद्ध देखेपछि स्थानीयवासीको ठूलो घुइँचो लाग्ने गरेको स्थानीयवासी भगवतीप्रसाद पासवानले जानकारी दिए ।

नेपालमा आठ प्रजातिका गिद्ध पाइन्छन् । तीमध्ये चार प्रजातिका अति लोपोन्मुखको सूचीमा रहेका कुशहास्थित मसिलाल जनता उच्च माध्यमिक विद्यालयका प्रार्चाय हंसनारायण मेहताले बताए ।  उनका अनुसार डङ्गर, सानो खैरो, सुनगिद्ध र सेतोगिद्ध अति लोपोन्मुखको सूचीमा छन् । यी प्रजातिका गिद्धलाई एशियामै अति लोपोन्मुखको सूचीमा रखिएको बताइएको छ । अहिले नेपालमा हिमाली, खैरो राज र हाडफोड प्रजातिका गिद्ध बढी पाइन्छन् । 

यी प्रजातिका गिद्धको तथ्याङ्क यकिन नभएको मेहताले बताए । उनले भने, “बलानखोलामा देखिएका गिद्ध हिमाली र खैरो हुन सक्दछ । हिउँदको समयमा हिमाली क्षेत्रमा बढी चिसोले गर्दा बसाइँ सरी तराई क्षेत्रमा आएका र खैरो गिद्धचाँहि सबै क्षेत्रमा पाइने गर्दछ ।” एशियामै अति लोपोन्मुखको सूचीमा रहेको डङ्गर गिद्ध नेपालमा एक हजार जोडीको हाराहरीमा रहेका प्राचार्य मेहताले जानकारी दिए ।


आइतबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द गरिँदै
आइतबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द गरिँदै

काठमाडौं । चीनियाँ राष्ट्रपति सी जिनपिङ्ग नेपाल भ्रमण सकेर स्वदेश फर्कने भएपछि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा आजपनि साढे दुई घण्टासम्म उडान÷अवतरण बन्द गरिन..

आज ४० औं विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइँदै
आज ४० औं विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व पर्यटन दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईँदैछ। ४० औं पर्यटन दिवसको नारा ‘सबैको उज्ज्वल भविष्यका लागि, पर्यटन र रोजगारी’ भन्ने तय गरिए..

नेपाल एअरलाइन्सले जेष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने 
नेपाल एअरलाइन्सले जेष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने 

काठमाडौं । ७० बर्ष कटेका जेष्ठ नागरिकले नेपाल एअरलाइन्सको जहाज चढ्ृदा ५० प्रतिशत भाडा छुट पाउने भएका छन् । राष्ट्रिय ध्वजाबाहक एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ न..

बर्षा नरोकिएसम्म हिमाल आरोहण नगराउन पर्यटन विभागको आग्रह 
बर्षा नरोकिएसम्म हिमाल आरोहण नगराउन पर्यटन विभागको आग्रह 

काठमाडौं । मौसम प्रतिकुल भएकाले बर्षा रोकिएपछि मात्रै आरोहीहरुलाई हिमाल आरोहण गराउन पर्यटन विभागले आग्रह गरेको छ ।  मौसम पूर्वानुमान महाशाखाले निरन्तर परिरहेको झरी अझै..