काठमाडाैंका नेवार समुदायले सिथी नखः पर्व मनाउँदै


नेपालपाना प्रकाशित: २०७६-२-२५ गते
काठमाडाैंका नेवार समुदायले सिथी नखः पर्व मनाउँदै

काठमाडौं । काठमाण्डौ उपत्यकाका नेवार समुदायले प्रत्येक वर्ष जेष्ठ शुक्ल षष्ठीका दिन मनाउने सिथी नखः पर्व शनिबार मनाइँदैछ । 

विशेषगरी पानीको मुहान, इनार, कुवा, पँधेरो, नदी, ताल, खोलानालाका साथै आफू बस्ने वरपर सरसफाइ गरिने यो पर्व लिच्छिवीकालीन समयदेखि नै सुरु भएको विश्वास छ ।

नेवार समुदायभित्र पनि हिन्दू तथा बौद्ध धर्मावलम्बीले समेत सिथी नखः पर्वलाई साझा संस्कृतिका रुपमा मनाउँदै आएका छन् । आजको दिनलाई भगवान महादेवको जेष्ठ पुत्र कार्तिकेय कुमारको जन्म भएको दिनको रुपमा पनि लिइन्छ ।

यस दिनलाई नेवार समुदायले दिगु पूजाको अन्तिम दिनको रुपमा पनि मनाउने गर्दछन् ।  संस्कृतिवद् मिलनरत्न शाक्यद्वारा लिखित ‘मञ्जुश्री स् कल्ट अफ् नेपाल मण्डल’ नामक पुस्तकमा कुमारलाई मञ्जुश्रीका रुपमा वर्णन गरेको पाइन्छ । 

यस दिनलाई चाडपर्वको अन्तिम दिनको स्वरुपमा आ–आफ्ना कूलदेवतालाइ पूजा गरेपछि मात्रै आफूले त्यस वर्षभित्र गरेको हरेक कामहरुले सिद्धि प्राप्त हुने र अन्य देवीदेवताको पूजाको फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास कायम छ ।







ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानमा हिन्दु शिक्षकमाथि बर्बर आक्रमण 
ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानमा हिन्दु शिक्षकमाथि बर्बर आक्रमण 

काठमाडौं । ईश्वर–निन्दाको आरोप लगाउँदै पाकिस्तानको सिन्ध उपत्यकामा हिन्दु शिक्षकमाथि मुसलमानहरुले बर्बर आक्रमण गरेका छन् । स्थानीय विद्यालयका प्रधानाध्यापक समेत रहे..

जानकी मन्दिर तोडफोड गरेको आरोप लागेकाहरु धनुषा अदालतबाट 'चोख्खिए' !
जानकी मन्दिर तोडफोड गरेको आरोप लागेकाहरु धनुषा अदालतबाट 'चोख्खिए' !

जनकपुरधाम । मधेश आन्दोलनका नाममा हुलदंगा गरी जानकी मन्दिरको गर्भगृह तोडफोड गरेको आरोप खेपेकाहरु धनुषा जिल्ला अदालतबाट 'चोख्खिएका' छन् । धनुषा अदालतको इजलास नम्बर ७..

आजदेखि सोह्र श्राद्ध सुरु, १५ दिनसम्म पितृको स्मरण गरिँदै
आजदेखि सोह्र श्राद्ध सुरु, १५ दिनसम्म पितृको स्मरण गरिँदै

काठमाडौँ । वैदिक सनातन परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदाका दिन आज प्रतिपदा तिथि श्राद्ध गरी सोह्रश्राद्ध शुरु भएको हो..

वर्षा र सहकालका देवता इन्द्रको पुजाआजा गरी आज इन्द्रजात्रा मनाईंदै
वर्षा र सहकालका देवता इन्द्रको पुजाआजा गरी आज इन्द्रजात्रा मनाईंदै

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठ..