आज भोटो जात्रा, उपत्यकामा सार्वजनिक बिदा घोषणा


नेपालपाना प्रकाशित: २०७६-२-२६ गते
आज भोटो जात्रा, उपत्यकामा सार्वजनिक बिदा घोषणा

काठमाडौं । यो वर्षको भोटो जात्रा ललितपुरको जावलाखेलमा आइतबार देखाइँदैछ । बेलुकी ५ बजे जावलाखेलमा राखिएको रथबाट राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले रातो मच्छिन्द्रनाथको भोटो देखाउनेछन् ।

रातो मच्छेन्द्रनाथको रथ बिहीबार नै जावलाखेल पुर्याइएको हो । रथ जावलाखेल पुर्‍याएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आइतबार भोटो देखाउन लागिएको हो । 

एकजना नेवार किसानले कर्कोटक देवतालाई सहयोग गरेवापत एउटा बहुमुल्य भोटो उपहार पाएका थिए । एकदिन जावलाखेलमा मच्छिन्द्रनाथको रथ यात्रा हेर्न जाँदा अर्कै ब्यक्तिले आफ्नो भोटो लगाएको देखेपछि किसान र ती ब्यक्तिबीच भोटोका विषयमा विवाद भयो । विवाद भएपछि स्थानीयबासिन्दाले भोटोको वास्तविक मालिक सप्रमाण नआउन्जेलसम्मका लागि भनेर भोटो मच्छिन्द्रनाथलाई राख्न दिएको किंवदन्ती रहेको छ । 

त्यसपछि, आजसम्म भोटोको वास्तविक मालिक कोही भए प्रमाणसहित लिन आउन आह्वान गर्दै प्रदर्शन गरिने चलन छ । भोटो देखाइसकेपछि रातो मच्छिन्द्रनाथ र मिननाथको रथलाई तानेरै ललितपुरको बुंगमतीमा पुर्‍याइन्छ । भोटो जात्राको अवसरमा काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा दिएको छ । 







राउटेलाई दिईयो नागरिकता, हेर्नका लागि अब पैसा तिर्नुपर्ने 
राउटेलाई दिईयो नागरिकता, हेर्नका लागि अब पैसा तिर्नुपर्ने 

दैलेख । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ ।कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दैलेखको गुराँस गाउँपालि..

नेपाललाई द्वन्द र विभाजनको भड्खालोमा हाल्ने पश्चिमाको 'अर्को नाटक' ! जात, धर्म र सम्प्रदाय फुटाउन पैसा दिएको पुष्टि
नेपाललाई द्वन्द र विभाजनको भड्खालोमा हाल्ने पश्चिमाको 'अर्को नाटक' ! जात, धर्म र सम्प्रदाय फुटाउन पैसा दिएको पुष्टि

काठमाडौं । तारान्तार नेपालमा धार्मिक र सांस्कृतिक अतिक्रमण, द्वन्द एवं जातीय विभाजनमा मुख्य भूमीका खेलका पश्चिमा देशहरुले अर्को नाटक मञ्चन गरेका छन् ।  नेपालमा आफुहरुल..

उपत्यकामा आन्दोलन चर्काउने विवादित गुठी विधेयकमा के छ ?
उपत्यकामा आन्दोलन चर्काउने विवादित गुठी विधेयकमा के छ ?

काठमाडौं । अभियन्ता राजाराम तण्डुकारले गुठी सञ्चालनमा गुठियारको अधिकार समाप्त गरी कर्मचारीमार्फत गुठी सञ्चालन गर्ने उल्लेख हुनु विधेयकको मुख्य त्रुटि रहेको बताए । उनले भने,..

सगरमाथाको काखमा मनाईयो विश्व योग दिवस 
सगरमाथाको काखमा मनाईयो विश्व योग दिवस 

काठमाडौं । नेपालस्थित भारतीय दुतावासले सगरमाथाको काखमा पाँचौं विश्व योग दिवस मनाएको छ । विश्वकै अग्लो शिखर सगरमाथाको प्रवेशद्वार म्चेबजारमा दुतावासले योग कार्यक्रम आयोजना..