जापान उडानमा रोक्न चलखेल, यात्रु नभएको बहाना देखाउँदै दुई महिना धकेलियो


नेपालपाना प्रकाशित: २०७६-२-२६ गते
जापान उडानमा रोक्न चलखेल, यात्रु नभएको बहाना देखाउँदै दुई महिना धकेलियो

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुईवटा नयाँ वाइडबडी जहाज भित्र्याएको १ वर्षपछि पाएको नयाँ अन्तर्राष्ट्रिय गन्तव्यको जापान उडान स्थगित भएको छ । 

निगमले आगामी असार १९ गतेदेखि तय गरेको जापानको ओसाका उडान करिब २ महिना पर सारेर अब भदौ १२ देखि मात्रै गर्ने भएको छ । निगमले उडान मिति तय गरेर यात्रु बुकिङ नभएको बहानामा जापान उडान एक महिना २६ दिन पर धकेलेको हो ।

जापान उडानको बुकिङ खुला गरेको ३ सातापछि बुकिङ नै कम भएको र जापान जाने आउने नेपालीको निम्ति अफ सिजनसमेत भएकाले पनि तय भइसकेको उडान स्थगित गर्नुपरेको वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।


औद्योगिक संरचनाले लुम्बिनी ‘खतरा’मा
औद्योगिक संरचनाले लुम्बिनी ‘खतरा’मा

काठमाडौं । लुम्बिनीमा भइरहेको विकास निर्माण र आसपासका क्षेत्रमा बनिरहेका औद्योगिक संरचनाले लुम्बिनी ‘खतरा’मा पर्दै गएको छ। विश्वसम्पदा सूचिमा रहेको लुम्बिनीलाई..

रारा ताल हेर्न आउने पर्यटकको भिड, धमाधम नयाँ डुङ्गा थपिँदै
रारा ताल हेर्न आउने पर्यटकको भिड, धमाधम नयाँ डुङ्गा थपिँदै

मुगु । पछिल्लो समय रारा ताल हेर्न आउने पर्यटकको भिडभाडका कारण डुङ्गा धेरैबेर पर्खनपर्ने र पालो नपाउँदा त्यसै फर्कने गरेको गुनासो बढेपछि राष्ट्रिय निकुञ्जको आर्थिक सहयोगमा २ वट..

अन्नपूर्ण, धौलागिरि, नीलगिरिलगायत हिमाली क्षेत्रमा बढे पर्यटक
अन्नपूर्ण, धौलागिरि, नीलगिरिलगायत हिमाली क्षेत्रमा बढे पर्यटक

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० मा गत आर्थिक वर्ष सबैभन्दा धेरै पर्यटक आएका छन्। एक्याप क्षेत्र गण्डकी प्रदेशको मुख्य पर्यटकीय गन्तव्य हो। अन्नपूर्ण, धौलागि..

बढाएको पर्यटक भिसा शूल्क साउनबाट लागू हुने
बढाएको पर्यटक भिसा शूल्क साउनबाट लागू हुने

काठमाडौं । सरकारले बढाएको पर्यटक भिसा शूल्क साउनबाट लागू हुने भएको छ । सरकारले १२ जेठमै विदेशी पर्यटकको भिसा शूल्क बढाउने निर्णय गरेको थियो । अध्यागमन विभागका अनुसार भिसा श..