पोखरा जाने पक्कीपुल भाँचिएपछि... सडकमै सवारी अलपत्र


नेपाल पाना प्रकाशित: २०७६-२-२६ गते
पोखरा जाने पक्कीपुल भाँचिएपछि... सडकमै सवारी अलपत्र

पोखरा । पृथ्वी राजमार्गमा हुँदै पोखरा आउने विजयपुर पक्कीपुल भाँचिएपछि विभिन्न स्थानबाट आएका सवारी साधन सडकमै रोकिएका छन् । 

विभिन्न स्थानबाट पोखरा आउ जाउ गर्ने सवारी साधन अस्थाई रुपमा निर्माण भएको डाइभर्सनबाट चल्ने गर्छ । तर वर्षाको बेला खोला बढेपछि भने सवारी साधन रोकिन्छ ।

डाइभर्सनबाट काम नचल्ने भएकाले अस्थाई पुल निर्माण शुरु गरिएको छ । तर निर्माण प्रभावकारी हुन सकेको छैन । निर्माण कम्पनीले ठेक्का सदर गरेअनुसारको समय अवधि सकिएको छ ।

जेष्ठ २२ गतेसम्म अस्थाई पुल निर्माणको काम सक्ने जिम्मा पाएको सगरमाथा जे।जे कम्पनीले तोकिएको समयमा काम सम्पन्न नगर्दा वर्षायाममा सवारी साधन आउ जाउमा समस्या परेको छ । 

सडक डिभिजिन कार्यालयले भने निर्माण छिट्टै हुने दाबी गरेको छ । इलाइट वि.पी.एडभान्चर कम्पनीले २०६४ सालमा निर्माण गरेको पक्कीपुल छिटो किन भाँचियो ? भन्नेबारे अनुसन्धान भइरहेको स्रोतले जनाएको छ ।







पेट्रोलियम पाइपलाइन सञ्चालन अन्तिम चरणमा, वार्षिक २ अर्ब रुपैयाँ बचत हुने
पेट्रोलियम पाइपलाइन सञ्चालन अन्तिम चरणमा, वार्षिक २ अर्ब रुपैयाँ बचत हुने

बारा । मोतिहारी–रक्सौल–अमलेखगंज सडक खण्डमा पेट्रोलियम पाईपलाईन सञ्चालनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्राविधिकले..

चार प्रहरी प्रमुख फेरिएपनि तीन महिलाको हत्या गर्ने पत्ता लागेन
चार प्रहरी प्रमुख फेरिएपनि तीन महिलाको हत्या गर्ने पत्ता लागेन

खोटाङ । तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्यारा पत्ता लाग्न सकेको छैन। घटनालगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङ तथा काठमाडौँबाट नेपाल प्रहरीको वि..

सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने
सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने

लखनउ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सिमानामा नेपालीहरुलाई कुनै पनि हालतमा दुःख नदिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।  नेपाल फ..

नेकपाको सचिवालय बैठक शनिबार बस्ने
नेकपाको सचिवालय बैठक शनिबार बस्ने

काठमाडौं । नेकपाको सचिवालय बैठक शनिबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पुरानै एजेण्डामा छलफल हुने बताए । राजनीतिक प्रतिवेदन, का..