पाँचखालमा लिच्छवीकालीन संरचना र सामग्री भेटियो


रामकुमार पराजुली/रासस प्रकाशित: २०७६-२-२७ गते
पाँचखालमा लिच्छवीकालीन संरचना र सामग्री भेटियो

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–७ स्थित श्रीरामपाटीमा लिच्छवीकालीन संरचनाको भग्नावशेष तथा सामग्री भेटिएको छ। पुरातत्व विभागको एक टोलीले करीब दुई साता उक्त स्थानको सम्पदा अध्ययन एवं उत्खननका क्रममा लिच्छवीकालीन संरचनाको भग्नावशेष तथा सामग्री फेला पारेको हो।

टोलीले यही जेठ १५ गतेदेखि श्रीरामपाटीमा स्थानीयद्वारा ऐतिहासिक दरबार क्षेत्र रहेको भनिएको स्थानबाट उत्खनन कार्य सुरु गरेको थियो। विभागका पुरातत्व अधिकृत विष्णुप्रसाद पाठकले आइतबार टोलीले आफ्नो उत्खनन कार्य सकेको बताए। उनले भने, "उत्खननमा भेटिएका सामग्री परीक्षणका लागि विभाग लान्छौँ, उत्खनन गरिएको स्थान सुरक्षित गरी पुरानै अवस्थामा ल्याएका छौँ।"

पुरानो दरबार क्षेत्र रहेको भनिएको स्थानमा २४ इन्चको ढुङ्गाको गारो भएको कोठा तथा बाहिरी भागमा पर्खाल रहेको संरचना भेटिएको वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यले बताए। उनका अनुसार करीब दुई साताको अवधिमा गरिएको उत्खननरपरीक्षणका क्रममा माटोका भाँडाका टुक्रा, मसला पिँध्ने ढुङ्गाको खल, शिवलिङ्ग, ढुङ्गेधारा, रानीपोखरी भनिएको स्थानमा जमीनमुनि पाको माटोको डुँडबाट पानी ल्याउन बनाइएको पाइप तथा केही चौडा आकारका इँटा भेटिएको छ। आचार्यले भने, ुभेटिएको संरचना र सामग्री लिच्छवीकालीन हुन्।ु

पाठकको नेतृत्वको टोलीमा वरिष्ठ पुरातत्व विज्ञ आचार्य तथा इञ्जिनियरलगायत ६ जनाको टोलीले उक्त क्षेत्रको उत्खनन गरेको हो। स्थानीय बूढापाकाले पाँचखाल क्षेत्रमा मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुङ्गेधारा र रानीपोखरी क्षेत्र करीब १२ रोपनीमा फैलिएको जस्ता विषय भन्दै आएका थिए। हाल स्थानीय प्रकाश ढकालको खेतका गरामा खण्डखण्डमा कोठा रहेको घरको गारो तथा पर्खाल भेटिएको हो।

स्थानीयले खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना केही इँटा र सिक्का (मानाङ्क), घरको जग, भाँडाका टुक्रा फेला पारेपछि पुरातत्व विभागसँग सम्पदा संरक्षणको माग गर्दै आएका थिए। पुरातत्व विज्ञ आचार्यसहितको टोलीद्वारा गत साल चैतमा गरिएको प्रारम्भिक अध्ययनका क्रममा भेटिएको सिक्काका एक पाटामा ‘भोगिनी’ लेखिएको छ भने अर्को पाटामा सिंहको चित्र रहेको छ। विज्ञ आचार्यका अनुसार भोगिनी पाली भाषाको शब्द हो।

आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानमा भेटिएका सबै सामग्री पनि लिच्छवीकालीन हुन्। उनका अनुसार भेटिएका प्रमाण लिच्छवीकालीन पाँचौँ, छैटौँ, सातौँ र आठौँ शताब्दीका हुन्। रानीपोखरी रहेको भाग पुरिएपछि स्थानीयले सोही स्थानमा खेतीपाती गर्दै आएका छन् भने त्यस क्षेत्रमा एक इँटा उद्योग सञ्चालित छ। स्थानीय नवराज ढकालले पनि हालैमात्र आफ्नो खेत खनजोत गर्दा माटोको घैँटोमा केही सिक्का भेटिएको बताए।







राउटेलाई दिईयो नागरिकता, हेर्नका लागि अब पैसा तिर्नुपर्ने 
राउटेलाई दिईयो नागरिकता, हेर्नका लागि अब पैसा तिर्नुपर्ने 

दैलेख । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ ।कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दैलेखको गुराँस गाउँपालि..

नेपाललाई द्वन्द र विभाजनको भड्खालोमा हाल्ने पश्चिमाको 'अर्को नाटक' ! जात, धर्म र सम्प्रदाय फुटाउन पैसा दिएको पुष्टि
नेपाललाई द्वन्द र विभाजनको भड्खालोमा हाल्ने पश्चिमाको 'अर्को नाटक' ! जात, धर्म र सम्प्रदाय फुटाउन पैसा दिएको पुष्टि

काठमाडौं । तारान्तार नेपालमा धार्मिक र सांस्कृतिक अतिक्रमण, द्वन्द एवं जातीय विभाजनमा मुख्य भूमीका खेलका पश्चिमा देशहरुले अर्को नाटक मञ्चन गरेका छन् ।  नेपालमा आफुहरुल..

उपत्यकामा आन्दोलन चर्काउने विवादित गुठी विधेयकमा के छ ?
उपत्यकामा आन्दोलन चर्काउने विवादित गुठी विधेयकमा के छ ?

काठमाडौं । अभियन्ता राजाराम तण्डुकारले गुठी सञ्चालनमा गुठियारको अधिकार समाप्त गरी कर्मचारीमार्फत गुठी सञ्चालन गर्ने उल्लेख हुनु विधेयकको मुख्य त्रुटि रहेको बताए । उनले भने,..

सगरमाथाको काखमा मनाईयो विश्व योग दिवस 
सगरमाथाको काखमा मनाईयो विश्व योग दिवस 

काठमाडौं । नेपालस्थित भारतीय दुतावासले सगरमाथाको काखमा पाँचौं विश्व योग दिवस मनाएको छ । विश्वकै अग्लो शिखर सगरमाथाको प्रवेशद्वार म्चेबजारमा दुतावासले योग कार्यक्रम आयोजना..