ट्रेल विश्व च्याम्पियनसिमा बेलायत पहिलो, नेपाली धावकलाई १७औं स्थान


नेपालपाना प्रकाशित: २०७६-२-२७ गते
ट्रेल विश्व च्याम्पियनसिमा बेलायत पहिलो, नेपाली धावकलाई १७औं स्थान

लिस्वन । सन् २०१९ ट्रेल विश्व च्याम्पियनसिपमा पुरुषतर्फ बेलायतका जोनाथान अल्बोन च्याम्पियन बनेका छन्। उनले ३ घण्टा ३५ मिनेट ३४ सेकेण्डमा निर्धारित दूरी पार गर्दै विश्व च्याम्पियन बनेका हुन्।

उक्त च्याम्पियनसिपमा फ्रान्सका जुलियन रान्कन ३ घण्टा ३७ मिनेट ४७ सेकेण्डमा दूरी पार गरी दोस्रो भए भने ३ घण्टा ४० मिनेट ३४ सेकेण्डमा दूरी पार गरेर स्विट्जरल्यान्डका क्रिष्टियान माथेस तेस्रो भए।

यस्तै महिलातर्फ फ्रान्सकी ब्लान्डिन लिरोन्डेल प्रथम, न्युजिल्यान्डकी रुथ क्रोफ्ट द्वितीय तथा स्पेनकी सेइला अभिलेस तृतीय भइन्। उनीहरुले क्रमशः ४ घण्टा ६ मिनेट १७ सेकेन्ड, ४ घण्टा १४ मिनेट २८ सेकेन्ड तथा ४ घण्टा १५ मिनेट ४ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए।

नेपाली झण्डा विदेशी भूमिमा फहराउँदै उत्साहका साथमा उक्त च्याम्पियनशिपमा सहभागी नेपालका धावकहरुले पनि सन्तोषजनक खेल प्रदर्शन गरेका छन्। पुरुषतर्फ दुर्गाबहादुर बुढाले १७औँ स्थान तथा आइते तामाङले ६७औँ स्थान प्राप्त गरे। महिलातर्फ सुनमाया बुढा मगरले ४६औँ स्थान प्राप्त गरिन्।

सहभागी खेलाडीहरुले शुक्रबार उद्घाटन सत्रमा नेपालको झण्डा फहराएका थिए। पोर्चुगलको कोइम्ब्रामा भएको उद्घाटन सत्रमा नेपाली समर्थकलेसमेत नेपाली झण्डा फहराएका थिए।


औद्योगिक संरचनाले लुम्बिनी ‘खतरा’मा
औद्योगिक संरचनाले लुम्बिनी ‘खतरा’मा

काठमाडौं । लुम्बिनीमा भइरहेको विकास निर्माण र आसपासका क्षेत्रमा बनिरहेका औद्योगिक संरचनाले लुम्बिनी ‘खतरा’मा पर्दै गएको छ। विश्वसम्पदा सूचिमा रहेको लुम्बिनीलाई..

रारा ताल हेर्न आउने पर्यटकको भिड, धमाधम नयाँ डुङ्गा थपिँदै
रारा ताल हेर्न आउने पर्यटकको भिड, धमाधम नयाँ डुङ्गा थपिँदै

मुगु । पछिल्लो समय रारा ताल हेर्न आउने पर्यटकको भिडभाडका कारण डुङ्गा धेरैबेर पर्खनपर्ने र पालो नपाउँदा त्यसै फर्कने गरेको गुनासो बढेपछि राष्ट्रिय निकुञ्जको आर्थिक सहयोगमा २ वट..

अन्नपूर्ण, धौलागिरि, नीलगिरिलगायत हिमाली क्षेत्रमा बढे पर्यटक
अन्नपूर्ण, धौलागिरि, नीलगिरिलगायत हिमाली क्षेत्रमा बढे पर्यटक

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० मा गत आर्थिक वर्ष सबैभन्दा धेरै पर्यटक आएका छन्। एक्याप क्षेत्र गण्डकी प्रदेशको मुख्य पर्यटकीय गन्तव्य हो। अन्नपूर्ण, धौलागि..

बढाएको पर्यटक भिसा शूल्क साउनबाट लागू हुने
बढाएको पर्यटक भिसा शूल्क साउनबाट लागू हुने

काठमाडौं । सरकारले बढाएको पर्यटक भिसा शूल्क साउनबाट लागू हुने भएको छ । सरकारले १२ जेठमै विदेशी पर्यटकको भिसा शूल्क बढाउने निर्णय गरेको थियो । अध्यागमन विभागका अनुसार भिसा श..