बिहान खाली पेटमा पानी पिउँनुको फाइदा यस्ता छन्:


नेपाल पाना प्रकाशित: २०७६-२-२७ गते
बिहान खाली पेटमा पानी पिउँनुको फाइदा यस्ता छन्:

काठमाडौं । पानी जीवनको श्रोत हो । यो हाम्रो शरीरका लागि एकदम अत्यावश्यक पदार्थ हो । हरेक जीवित व्यक्ति, जनावर, रुखबिरुवा, किरा फट्यांग्रालाई बाँच्नको लागि पानी एकदम आवश्यक हुन्छ । हाम्रो शरीरमा पानीको मात्रा पुगेन भने हामीलाई धेरै समस्याले सताउन सक्छ ।

पानीको कमीले हाम्रो शरीरमा डिहाईड्रेसन हुन्छ र हामी बेहोस हुने गर्छौँ । पानी नखाइ अवस्था लामो समयसम्म बस्दा मानिसको मृत्यु नै हुन सक्छ । हामीले दैनिक दिनको २ देखि ३ लिटर पानी पिउने गर्नु पर्छ ।

हामी पानी त खान्छौं तर, विहान खाली पेट पानी खाँदा निकै फाइदाजनक हुन्छ भन्ने बारे हामीलाई कम नै थाहा हुने गरेको छ । यदि हामीले बिहानै पानी पिउने बानी बसाउन सफल भए विभिन्न रोगबाट बच्न सक्छौं । खाली पेटमा पानी पिउँदा हाम्रो शरीरमा भएको टक्सिन सफा भइ हाम्रो रगत शुद्ध हुने गर्छ ।

खाली पेटमा पानी पिउँदा मेटाबोलिज्म सक्रिय हुन्छ जसले गर्दा कब्जियतको समस्या हुँदैन । यदि मोटोपन बाट दुखित हुनुहुन्छ भने यसले हाम्रो तौल घटाउनमा मद्दत गर्छ । कब्जियत नभएपछि पेटसम्बन्धी हुने अन्य रोग लाग्ने सम्भावना कम हुँदै जान्छ ।

बिहानै पानी पिउनाले शरिरलाई आवश्यक पर्ने तत्व र कोशिका निर्माण हुँदै जान्छ भने हाम्रो शरिरका मांसपेशी समेत बलियो हुन्छ । यस्तो बानी बसाएमा शरीरभित्र रहेका हानीकारक तत्व र रगत सफा हुने गर्छ जसले हाम्रो छालालाई सफा र चम्किलो बनाउँछ ।

बिहान पेट सफा भएपछि खाएको खाने कुराले शरीरलाई पूर्ण पोषण र शक्ति प्रदान गरेको हुन्छ । बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौलामा लाग्ने विभिन्न रोगलाई समेत पन्छाउन सकिन्छ । त्यस्तै, महिलाहरुको महिनावारी समेत समयमै हुने र पेट पनि कम दुख्ने गर्छ ।

हामीले बिहानै ४ गिलास पानी पिउन सके हामीलाई उर्जा प्राप्त हुने गर्छ र हामीलाई थकान मुक्त भएको आभास हुन्छ । बिहानै धेरै पानी पिउन सकिएन भने दैनिक १ गिलासबाट शुरु गरेर मात्रा बढाउँदै लैजानु पर्छ ।







गर्मी बढेसँगै बिरामीका लागि आवश्यक पर्ने रगतको अभाव
गर्मी बढेसँगै बिरामीका लागि आवश्यक पर्ने रगतको अभाव

चितवन । चितवन जिल्लामा गर्मी बढेसँगै रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका अनुसार अहिले केन्द्रमा आकस्मिक बाहेकका बिरामीका लागि आवश्यक पर्ने रगत अभाव भए..

भक्तपुर अस्पतालको बहिरङ्ग सेवा अनिश्चिकालिन बन्द
भक्तपुर अस्पतालको बहिरङ्ग सेवा अनिश्चिकालिन बन्द

भक्तपुर । कर्मचारीको मागको सुनुवाई नभएको भन्दै भक्तपुर अस्पतालको बहिरङ्ग सेवाअनिश्चिकालिनका लागि बन्द गराएका छन ।  विभिन्न पेशागत मागहरु राखेर भक्तपुर अस्पतालका विकास..

आफ्ना माग पुरा गराउन भक्तपुर अस्पतालका कर्मचारीले बहिरंग सेवा बन्द गरे 
आफ्ना माग पुरा गराउन भक्तपुर अस्पतालका कर्मचारीले बहिरंग सेवा बन्द गरे 

काठमाडौं । विभिन्न पेशागत मागहरु राखेर भक्तपुर अस्पतालका कर्मचारीले आजबाट अस्पतालको बहिरङ्ग सेवा बन्द गराएका छन् । भक्तपुर अस्पतालका विकास समितिअन्तर्गतका २४ जना कर्मचारीको मा..

कान कम सुन्न थाल्नु भएको छ ? लापरवाहीले बहिरो हुन सक्छ 
कान कम सुन्न थाल्नु भएको छ ? लापरवाहीले बहिरो हुन सक्छ 

काठमाडौं । हाम्रो शरीरका धेरै जसो सबै अंगहरू निकै संवेदनशील हुन्छन् । हाम्रो कान भित्र रहेको कानको जाली पनि एकदमै संवेदनशील अंग हो । यसबाट हामी सुन्ने गर्छौं ।  हाम्रो..