“ठूला भ्रष्टाचारीहरु कारबाहीमा परेनन्, खै सरकारको नाता साइनो के छ कुन्नी ?”


नेपाल पाना प्रकाशित: २०७६-२-२७ गते
“ठूला भ्रष्टाचारीहरु कारबाहीमा परेनन्, खै सरकारको नाता साइनो के छ कुन्नी ?”

काठमाडौं । देशको हालखबर सन्तोषजनक हुन नसकेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् । अध्यक्ष केसीले केपी ओली नेतृत्वको सरकारले देश र जनताका लागि राम्रो काम गर्न नसकेकाले हालखबर सन्तोषजनक हुन नसकेको बताए ।

सरकारले गर्न सक्ने सामान्य काम पनि नगरेको केसीको अरोप छ । भ्रष्टाचार पूर्ण रुपमा नियन्त्रण गर्न नसके पनि न्युनिकरण गर्नुपर्नेमा त्यो पनि हुन नसकेको केसीले बताए । “ठूला भ्रष्टाचारीहरु कारबाहीमा परेनन् । सरकारले कारबाही गर्न सकेन । खै सरकारको नाता साइनो के छ कुन्नी ?” केसीले भने ।

सरकारले साना भ्रष्टाचारका काण्डमा मुछिएकालाई मात्रै कारबाही गरेर ठूलालाई उन्मुक्ति दिएको केसीको आरोप छ । देशलाई संघीयतामा लगेपछि केके न हुन्छ भन्नेहरु नै अहिले टाउको समातेर बस्नुपर्ने अवस्थामा पुगेको केसीको तर्क छ । संघीयता ल्याउनेहरुलाई नै अहिले कार्यान्वयन गराउन घाँडो भएको केसीले बताए ।

“संघीयता आएपछि त देश स्विजरल्याण्ड नै बन्छ भनेर संघीयतापक्षधरहरुले ठूला ठूला कुरा गरे । स्थानीय निकायमा चुनाव भएको २ वर्ष भइसक्यो । तर जनतालाई माछो माछो भ्यागुतो भयो ।”

नेपालको लागि संघीयता संजिबनी बुटी बन्नै नसक्ने केसीले जिकिर गरे । “नेपाल र नेपालीका लागि संघीयता बरदान हुन सक्दैन । नेपाल राष्ट्रका लागि संघीयता श्राप हो, यसले दुश्परिणामा ल्याउँछ । त्यसैले संघीयता खारेज गर्नुपर्छ ।” केसीले बताए । संघीयता बोक्नेहरुलाई नै अहिले यो भालुको कञ्चट भएको केसीको जिकिर छ ।







राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..

गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?
गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?

काठमाडौं । गुठी विद्येयक फिर्ता भए पनि गुठीयारले सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेका छन् । गृह, सञ्चार र भूमि सुधारमन्त्रीको राजीनामा माग गर्दै माइतीघर मणडलामा उपत्यक..

कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित
कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुको अवरोधका  कारण संसद स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित भएको हो ।  प्रधानमन्त्री..

प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान
प्रतिनिधिसभाको बैठकमा ओलीको संबोधन, गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । पछिल्लो समय निकै विवादमा परेको गुठी विधेयकबारे प्रधानमन्त्री ओलीले संसदमा के धा..