प्रधानमन्त्री रोजगार कार्यक्रम : अब बाँदर भोकै बस्नुपर्ने 


नेपालपाना प्रकाशित: २०७६-२-२८ गते
प्रधानमन्त्री रोजगार कार्यक्रम : अब बाँदर भोकै बस्नुपर्ने 

काठमाडौं । पाल्पाका १० स्थानीय तहमध्ये रिब्दिकोट र रम्भा गाउँपालिकाले मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेका छन्।

बगनासकाली गाउँपालिकाले तयारीसमेत गरेको छैन। रोजगार संयोजक कामना पराजुली व्यक्तिगत कामले कार्यालय नआएपछि काम अघि वढ्न नसकेको गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले बताए।

‘हाम्रो गाउँमा बाँदर धेरै छन्, किसानलाई हैरान पारेका छन्, प्रधानमन्त्री रोजगार कार्यक्रममा आएको रकम बाँदर लखेट्ने काम गराउने योजना छ,’ उनले भने।

माथगढी गाउँपालिकाले वडैपिच्छे दुई दुई लाख बाँडे पनि हालसम्म वडा नं ८ ले मात्रै काम सुरु गरेको छ। तिनाउ गाउँपालिकाले बाँडेको बजेटअनुसार कार्यक्रम सुरु भए नभएको जानकारीसमेत लिएको छैन्। ‘रकम दिएको हो।

वडाध्यक्षहरुले के गरेका छन् बुझ्नुपर्छ,’ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती भन्छन्, ‘दालचिनी र अम्रिसो रोप्ने भन्ने निर्णय भएको थियो।’ यो खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ ।







बैंकको कर्जा नतिरेर कालोसूचिमा पर्ने ऋणीको संख्या एकै बर्षमा दोब्बर
बैंकको कर्जा नतिरेर कालोसूचिमा पर्ने ऋणीको संख्या एकै बर्षमा दोब्बर

काठमाडौं । बैंक तथा विक्तिय संस्थाको कर्जा नतिरेर कालोसूचिमा पर्ने ऋणीको संख्या गत आर्थिक बर्षमा ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंंकको पछिल्लो तथ्याङक अनुसार कालोसूचिमा..

जयनगर-जनकपुर रेल सेवा सञ्चालनमा बाढी तगारो !
जयनगर-जनकपुर रेल सेवा सञ्चालनमा बाढी तगारो !

काठमाडौं । निर्माणधीन जयनगर–जनकपुर रेल सेवा सञ्चालनमा बाढी तगारो बनेको छ । गत असारको अन्तिम साता आएको बाढीे लिक क्षतिग्रस्त बनाएको र अहिलेसम्म मर्मतसम्भार नभएका कारण तत्..

सहसचिब र उपसचिवको खुला परीक्षामा कर्मचारी प्रतिस्पर्धा गर्न बन्देज
सहसचिब र उपसचिवको खुला परीक्षामा कर्मचारी प्रतिस्पर्धा गर्न बन्देज

काठमाडौं । नेपाल सरकारको नीतिगत तहको महत्ववपूर्ण पद मानिने सहसचिव र उपसचिवको खुला परीक्षामा निजामती तहकै कर्मचारीलाई प्रतिस्पर्धा गर्न बन्देज गरिने भएको छ । अब सो परीक्षामा बा..

२० करोडको लागतमा सुविधासम्पन्न दुई रंगशाला निर्माण हुने
२० करोडको लागतमा सुविधासम्पन्न दुई रंगशाला निर्माण हुने

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा रंगशाला बन्ने भएका छन् । कमलामाई नगरपालिका–५ कालिमाटीमा सिन्धुली रंगशालाको भने शिलान्यास भई निर्माण सुरु..