कालोधन राखेका पाकिस्तानी पूर्व राष्ट्रपति जर्दारी समातिए


रासस/एएफपी प्रकाशित: २०७६-२-२८ गते
कालोधन राखेका पाकिस्तानी पूर्व राष्ट्रपति जर्दारी समातिए

ईस्लामाबाद । पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अलि जर्दारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

उच्च ओहोदाको व्यक्तिको सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा आरोपित उनलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

उनले भने आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन्। हत्या गरिएका पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोका श्रीमान जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति बनेका थिए।

उनलाई पक्राउ गर्ने बेलामा प्रहरी र उनका समर्थकहरुबीचमा केहीबेर सामान्य झडपसमेत भएको थियो। उनी पाकिस्तान पिपुल्स पार्टीका नेता हुन्।

पटक-पटक विवादित बन्दै आएका जर्दारीलाई यसअघि भ्रष्टाचारसम्बन्धी मुद्दाकै विषयमा ११ वर्षको जेल सजाय सुनाइएको थियो।

पाकिस्तानका अर्का पूर्वप्रधानमन्त्री नवाज सरिफ पनि भ्रष्टाचारको अभियोगमै ७ वर्षे जेल सजाय भोगिरहेका छन्।


भाजपा नेताको हत्या गर्ने दुई आतंकवादी पक्राउ
भाजपा नेताको हत्या गर्ने दुई आतंकवादी पक्राउ

नयाँदिल्ली । भारतको जम्मू–कश्मीर प्रहरीले भारतीय जनता पार्टी (भाजपा) का नेता अनिल परिहारको हत्या गर्ने दुई आतंकवादीलाई पक्राउ गरेको छ ।  हिजबुल आतंकवादी संग..

पाकिस्तानविरुद्ध अमेरिका र भारत एकैठाउँमा, मोदीका अघि ट्रम्पले भने–"इस्लामिक आतंकवादविरुद्ध एकसाथ लड्छौं"
पाकिस्तानविरुद्ध अमेरिका र भारत एकैठाउँमा, मोदीका अघि ट्रम्पले भने–"इस्लामिक आतंकवादविरुद्ध एकसाथ लड्छौं"

काठमाडौं । पाकिस्तानविरुद्ध भारत र अमेरिका एकसाथ उभिएका छन् । अमेरिकामा आयोजित एक कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवादव..

पाकिस्तान यात्रुबाहक बस दुर्घटना, २६ जनाको मृत्यु, १२ घाइते
पाकिस्तान यात्रुबाहक बस दुर्घटना, २६ जनाको मृत्यु, १२ घाइते

पाकिस्तान । पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी २६ को मृत्यु भएको छ । आइतबार बिहान भएको दुर्घटनाका कारण अरु १२ जना घाइते भएको स्थानीय प्रहरीले जना..

आतंकवादसँगै भष्ट्राचारले जर्जर बन्दै पाकिस्तान, यात्रु नै नलिई ४६ पटक उड्यो सरकारी विमान
आतंकवादसँगै भष्ट्राचारले जर्जर बन्दै पाकिस्तान, यात्रु नै नलिई ४६ पटक उड्यो सरकारी विमान

इस्लामाबाद । आतंकवादलाई संरक्षण गरेपछि विश्वव्यापी बेइज्जती खेपिरहेको पाकिस्तानभित्र भष्ट्राचारको डरलाग्दोे दलदल छ । भष्ट्राचारमै दोषी ठहरिएपछि पूर्व राष्ट्रपति आसिफ अलि जर्दा..