विश्वकप क्रिकेट:  श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा, कस्ले मार्ला बाजि ?


नेपाल पाना प्रकाशित: २०७६-२-२८ गते
विश्वकप क्रिकेट:  श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा, कस्ले मार्ला बाजि ?

काठमाडौं । विश्वकप क्रिकेटमा मंगलबार श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । लामो अवधिको प्रतियोगिता हुनुका बाबजुद दुवै टोलीका लागि अर्को चरणमा स्थान बनाउने सम्भावना कम हुँदै गइरहेको छ । र, यस स्तरमा टिमका लागि एक जितले उसको सम्बन्धित बाटोका लागि आत्मविश्वास अवश्य बढाउनेछ । 

यो खेल ब्रिस्टोलको काउन्टी मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । बंगलादेश र श्रीलंका दुवै कठिन स्थितिमा छन् । उनीहरुले आफ्नो पहिलो तीनमध्ये एक खेल जितेका छन् । र, अर्को चरणको सम्भावना जीवितै राख्न उनीहरुले बाँकी ६ मध्ये कम्तिमा ५ खेल जित्नैपर्ने हुन्छ ।

बंगलादेशको तुलनामा श्रीलंका केही सहज अवस्थामा भने पक्कै छ । एक जितका साथसाथै पाकिस्तानविरुद्धको खेल वर्षाले रद्ध भएपछि अतिरिक्त अंक पनि श्रीलंकाको खातामा छ । 

श्रीलंकाले न्युजिल्याण्डबिरुद्ध लज्जास्पद पराजय ब्यहोरेको थियो । अफगानिस्तानबिरुद्ध उसले २ अंक त हासिल गरेको हो तर, उसको ब्याटिङ पंक्तिको असफलता भने निराकरण भएन । नसवान प्रदीप र लसिथ मालिंगाले उत्कृष्ट प्रदर्शन गरेपछि उसले अफगानिस्तानलाई हराएको हो ।
 
अभ्यासका क्रमममा दाहिने हातको कान्छी औंलामा चोट लागेपछि नुवान प्रदीपले बंगलादेशबिरुद्ध नखेल्ने सम्भावना बढेको छ । उनको अनुपस्थिति श्रीलंकाका लागि महंगो पर्न सक्छ, जसले २० एकदिवशीय खेलमा ३३५ रन र २० विकेट चड्काएका छन् ।

बंगलादेशलाई विश्वकपमा आफ्नो सुरुआतीमा गर्व छ । उसले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । तर, त्यसयताका दुई खेलमा उसले जितका लागि संघर्षमा असफल भएको छ । घरेलु टोली इंग्लयाण्डसँग १ सय ६ रनको पराजय ब्यहोर्नुअघिको खेलमा बंगलादेश न्युजिल्याण्डसँग २ विकेटले पराजित भएको थियो । 

बंगलादेशले रन बनाउने र विकेट लिने क्षमता प्रदर्शन गरिसकेको छ । निर्णायक खेलमा श्रीलंकाबिरुद्ध उसको सबै पक्षले शतप्रतिशत प्रदर्शन गर्ने अपेक्षा कप्तान मश्रफी मोर्तजाले गरेका छन् ।

ब्रिस्टोलमा मंगलबार दिनभर पानी पर्ने पूर्वानुमान छ । त्यसैले मंगलबारको खेलमा दुई टोलीले अंक बाँड्ने सम्भावना प्रवल छ । खेल भइहाल्यो भने पनि छोटो ओभरको हुनेछ ।







सीपीएल : सन्दीप लामिछाने आबद्ध बार्बाडोस ४ विकेटले पराजित 
सीपीएल : सन्दीप लामिछाने आबद्ध बार्बाडोस ४ विकेटले पराजित 

काठमाडौं । नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्ट क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा जमैका तालेवाजसँग ४ विकेटले पराजित भएको छ ।  टस हारेर पहिले ब..

ब्राजिली सुपरस्टार रोनाल्डिन्होले सन्यास फिर्ता लिए, सान्टा फे बाट खेल्ने 
ब्राजिली सुपरस्टार रोनाल्डिन्होले सन्यास फिर्ता लिए, सान्टा फे बाट खेल्ने 

काठमाडौं । दुई पटकका फिफा बर्ष खेलाडी एवं सन् २००२ मा विश्वकप जित्दा ब्राजिली टीमका महत्वपूर्ण सदस्य रोनाल्डिन्होले सन्यास फिर्ता लिएका छन्  ।  सन् २०१८ को जनवरीम..

विश्वकप उपविजेता क्रोयशिया अजरबैजानसँग बराबरीमा रोकियो
विश्वकप उपविजेता क्रोयशिया अजरबैजानसँग बराबरीमा रोकियो

काठमाडौं । युरोकप २०२० को छनोट प्रतियोगितामा विश्वकप उपविजेता क्रोयशिया अजरबैजानसँग बरारीमा रोकिएको छ ।  गएराती भएको खेलमा क्रोयशियाका लागि ११ औं मिनेटमै कप्तान लुका म..

यू–१९ एसिया कप : सेमिफाइनलमा पुग्न नेपालले आज बंगलादेशलाई हराउनै पर्ने 
यू–१९ एसिया कप : सेमिफाइनलमा पुग्न नेपालले आज बंगलादेशलाई हराउनै पर्ने 

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आइतबार (आज) बंगलादेशसँग प्रतिष्पर्धा गर्दैछ । अहिले बिहान सवा १० बजेदेखि हुने खेलमा  अर्को टेस्..