मानसिक रोगीहरुको उपचार गर्ने अस्पतालमा आगलागी, ६ जनाको मृत्यु


नेपाल पाना प्रकाशित: २०७६-२-२८ गते
मानसिक रोगीहरुको उपचार गर्ने अस्पतालमा आगलागी, ६ जनाको मृत्यु

युक्रेन । मानसिक रोगीहरुको उपचार गर्ने अस्पतालमा भएको आगलागीमा परी ६ जनाको मृत्यु भएको छ । 

ओडेसा शहरका यस अस्पतालमा सोमबार साँझ आगलागी भएको आकस्मिक सेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आगलागीको कारण भने पत्ता लागेको छैन । 

यस आगलागीमा परी छ जनाको मृत्यु हुनका साथै घाइते भएका अन्य चार जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यस आगलागीमा नौ जनाले भने भागेर ज्यान बचाएका थिए । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले यो अति नै दुःखान्त घटना भएको बताउँदै प्रधानमन्त्री भोलोदिमर ग्रोएस्म्यानलाई यस घटनाको तत्काल छानबिन गर्न निर्देशन दिएका छन् । 

युक्रेनमा आगलागीका घटना बारम्बार हुने गरेका छन् ।







झारखण्डमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ४५ घाइते
झारखण्डमा बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु, ४५ घाइते

भारत । पूर्वी राज्य झारखण्डमा मङ्गलबार भएको एक सडक दुर्घटनामा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका छन् ।  झारखण्डको गडवा जिल्लामा स्थानीय समयाअनुस..

एकै साथ २४ ओटा भूउपग्रह अन्तरिक्षमा
एकै साथ २४ ओटा भूउपग्रह अन्तरिक्षमा

काठमाडौं । संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ ओटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हाँसिल गरेको छ । विश्वकै धनाढ्य एलन मस्कको अगुवाइमा स्थापित ‘स्..

इबोला संक्रमणबाट कंगोमा १५०० जनाको मृत्यु
इबोला संक्रमणबाट कंगोमा १५०० जनाको मृत्यु

किन्सासा । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला रोगका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ५ सयभन्दा बढी पुगेको छ।स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार इबोलाका..

जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै
जापान जाने तयारीमा रहेका ट्रम्प दक्षिण कोरिया जादै

वशिंटन डीसी । जी–२० सम्मेलनमा सहभागी हुन जापान जाने तयारीमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति ट्रम्प..