धनुषामा वडाध्यक्ष नै विजुली चोरी गरेपछि...


नेपाल पाना प्रकाशित: २०७६-२-२८ गते
धनुषामा वडाध्यक्ष नै विजुली चोरी गरेपछि...

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नं. ७ मटही टोलका  वडाध्यक्ष रामदेव सहनीलाई विद्युत अफिसरहरुले विद्युत चोरीको आरोपमा मिटर नियन्त्रण लिई जरिवाना लिएर छाडिएको खुलासा भएको छ । 

वडाध्यक्ष सहनीलाई  शनिवार नेपाल बिधुत प्राधिकरण सखुवा महेन्द्रनगरको शाखाबाट खटि गएको छडके टोलिले छडकेको क्रममा विद्युत मिटरबाट तार हटाएर डारेक्ट जडान गरि चलाईरहेको अवस्थामा पाइएपछि मिटर नियन्त्रणमा लिइएको थियो ।  

प्राधिकरणबाट खटिएको ती टोलिले बिधुत चुहावट गरिरहेको सहनिको घरबाट मिटर खोली जरिवाना गरेका छन। मिटरको शिल तोडेर बिधुत चुहावट गर्दै आइरहेको सहनिलाइ ५४ हजार रुपैयाँ जरिवाना गरेको नेपाल बिधुत प्राधिकरण सखुवा महेन्द्रनगर शाखाका कार्यालय प्रमुख राजकुमार रमनले पुष्टि गरे । 

सहनिको घरबाट विद्युतीय  मिटरमा शिल नभएपछी अनुसन्धानको लागि बिधुत प्राधिकरण लगेर मिटर चेकजाँच गरि मिटर ठिक रहेको तथा शिल भांचिएको भएकोले बिधुत चुहावट गर्ने गरेको भन्दै जरिवाना गरेका हुन् ।
 
उनले भने, ‘वडाध्यक्षकै घरमा चुहाबट देखिएको थियो । तर त्यस बखत वडाध्यक्ष भने घरमा थिएनन् । हामीले मिटर नियन्त्रणमा लिएर जरिबानापछि छाडेका हौ । यतिको जति युनिट खपत हुनुपर्ने त्यति नदेखिन आएपछि हामीले बक्सा चेक गरेका थियौ र चेक गर्दा मिटरको शिल फोडिएको पाइएपछि थप अनुसन्धान गर्दा मिटरबाट नचलाएर चुहाबट गरिरहेको पाइएपछि मिटर लिएर ५४ हजार जरिबाना गरी छाडिएको थियो ।’

प्राधिकरणका प्रमुख रमनका अनुसार मिटरको रिडिङ्ग ठिक रहेको रहेपनि स्थानियका अनुसार वडाध्यक्ष सहनी लामो समयदेखि बिधुत चुहावट गरिरहेको बताइएको छ। यता, वडाध्यक्ष सहनीले  मिटरको तार जलेको हुँदा मिटर खोलेर लगिएको प्रतिक्रिया दिएका छन् ।

वडाध्यक्ष सहनीले भने,  ‘म बाहिर थिए, मेरो बुवा बुढो कसरी कसरी चलाएका थिए । चलाउने ज्ञान नभएकोले त्यस्तो भएको थियो तर तुरुन्तै मिटर फिर्ता गरिदिएको छ प्राधिकरणले । चोरी गरेको हैन, केही समस्या थियो मिटरमा त्यही चेकजाँचको लागि लगिएको थियो । मिटरमा कम युनिट खपत भएको भनेर ठिक गर्नको लागि मिटर लगेको थियो र चेकजाँचपछि फिर्ता गरिदिएको छ । अन्य केही छैन ।’

प्राधिकरणले निजलाइ जरिवाना गरेको बताएपनी वडाध्यक्ष सहनिले जरिवाना नलागेको र घरमा पुनः बिधुत मिटर जडान गरिदिएको दाबी गरेका छन।







छोराको मृत्युपछि ६५ बर्षीय बाबुले पनि आत्महत्या गरे, गाउँ नै शोकमा
छोराको मृत्युपछि ६५ बर्षीय बाबुले पनि आत्महत्या गरे, गाउँ नै शोकमा

तानसेन । हृदयघातका कारण छोराको मृत्युपश्चात बाबुले पनि आत्महत्या गर्दा पाल्पाको रामपुर नगरपालिका–१० हेक्लाङ् गाउँ शोकमग्न बनेको छ ।  त्रिभुवन बहुमुखी क्याम्पस पा..

केन्द्रीय कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राख्दा समस्यै–समस्या
केन्द्रीय कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राख्दा समस्यै–समस्या

काठमाडौं, मुलुककै पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या परेको छ ।  विसं १९७१ मा स्थापना भएको मुलुककै प..

ज्ञानेन्द्र शाहीमाथि प्रहरी अनुसन्धान शुरु 
ज्ञानेन्द्र शाहीमाथि प्रहरी अनुसन्धान शुरु 

ललितपुर । शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि विमानमै दुर्व्यवहार गरेको आरोप लागेका ज्ञानेन्द्र शाहीमाथि प्रहरीले अन..

गाउँपालिका अध्यक्षमाथि गोली प्रहार, आक्रमणकारी खोलामा हाम फालेर भागे 
गाउँपालिका अध्यक्षमाथि गोली प्रहार, आक्रमणकारी खोलामा हाम फालेर भागे 

डडेलधुरा । रामारोशन गाउँपालिका अध्यक्ष झन्कर साउदमाथि आइतबार साँझ ७ बजेतिर अज्ञात व्यक्तिले गोली प्रहार गरेको छ । प्रहरीले प्रतिकार गरेपछि साउद भने गोली लाग्नबाट जोगिएका छन..