सगरमाथा चढ्न नसकेपछि भारतीय र अरबीले झुठ बोले


नेपालपाना प्रकाशित: २०७६-२-२९ गते
सगरमाथा चढ्न नसकेपछि भारतीय र अरबीले झुठ बोले

काठमाडौं । पाँच नेपाली र चार विदेशी नागरिकले यो सिजनमा सगरमाथा आरोहण नै नगरी झुटो विवरण पेस गरेको फेला परेको छ।

पर्यटन विभागकी निर्देशक मीरा अचार्यका अनुसार काठमाडौंमा रहेको प्रेस्टिज एडभेन्चर प्राइभेट लिभिटेडबाट गएकामध्ये नौ जनाले जेठ १२ गते सगरमाथा आरोहण गरेको दाबी गर्दै प्रतिवेदन बुझाएका थिए। विभागमा उजुरी परेपछि छानबिन गर्दा उनीहरू सगरमाथा आरोहण नगरेको पाइएको आचार्यले बताइन्।

झुटो विवरण पेस गर्ने विदेशी आरोहीमा यूएईकी खादिजा मोहम्मद अली, भारतका शोभा बनवाला, विकास राना र अंकुश छन्। पर्यटन विभागले हरेक आरोहण दलसँग सम्पर्क अधिकृत पनि खटाउने गरेको छ।

कान्तिपुर दैनिकमा छापिएको खबरअनुसार, यी आरोहीका लागि विश्वबन्धु रेग्मीलाई सम्पर्क अधिकृत तोकिएको थियो। तर उनी आधार शिविरमा एकदिन मात्रै बसेर काठमाडौं फर्किएका थिए। उनी स्वास्थ्यमा समस्या आएको भन्दै आधारशिविरबाट फर्किएका थिए।

‘मलाई फोनबाट सगरमाथा आरोहण गरेर फर्कियौँ भनी टिपाए’, रेग्मीले भने, ‘मेरो जिम्मामा रहेका १० मध्ये एकजनाले मात्र चढेका रहेछन्। अरुले चढेकै रहेनछन्।


अष्ट्रियाका एक वृद्ध पर्यटक सुतेकै अवस्थामा मृत भेटिए
अष्ट्रियाका एक वृद्ध पर्यटक सुतेकै अवस्थामा मृत भेटिए

धादिङ । रुबीभ्याली गाउँपालिका-१ को सोदाङ भन्ने ठाउँमा अष्ट्रियाका ७० वर्षीय व्लिहिम व्हिन्डर शनिबार टेन्टमा सुतेकै अवस्थामा मृत फेला परेका छन् ।   अत्याधिक चिसो बढे..

आइतबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द गरिँदै
आइतबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द गरिँदै

काठमाडौं । चीनियाँ राष्ट्रपति सी जिनपिङ्ग नेपाल भ्रमण सकेर स्वदेश फर्कने भएपछि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा आजपनि साढे दुई घण्टासम्म उडान÷अवतरण बन्द गरिन..

आज ४० औं विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइँदै
आज ४० औं विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व पर्यटन दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईँदैछ। ४० औं पर्यटन दिवसको नारा ‘सबैको उज्ज्वल भविष्यका लागि, पर्यटन र रोजगारी’ भन्ने तय गरिए..

नेपाल एअरलाइन्सले जेष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने 
नेपाल एअरलाइन्सले जेष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने 

काठमाडौं । ७० बर्ष कटेका जेष्ठ नागरिकले नेपाल एअरलाइन्सको जहाज चढ्ृदा ५० प्रतिशत भाडा छुट पाउने भएका छन् । राष्ट्रिय ध्वजाबाहक एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ न..