अत्याधिक गर्मीले भारतमा रेलभित्रै यात्रुको मृत्यु हुन थाल्यो


एजेन्सी प्रकाशित: २०७६-२-२९ गते
अत्याधिक गर्मीले भारतमा रेलभित्रै यात्रुको मृत्यु हुन थाल्यो

नयाँ दिल्ली । भारतमा विगत दुई हप्तादेखि बढेको ‘अत्यधिक गर्मी’का कारण राजधानी नयाँ दिल्लीबाट झाँसी गइरहेको केरला एक्सप्रेसको रेलभित्रै चार जना यात्रीको मृत्यु भएको मङ्गलबार भारतीय अधिकारी तथा प्रत्यक्षदर्शी यात्रुले बताएका छन् । 

मृतक रेलयात्री चारैजनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको बताइएको छ । मृतकमध्ये एक जना ८१ बर्षीय वृद्ध भएको पनि बताइएको छ । मृतकको शव झाँसीमा रेलबाट उतारिएको छ । आगराबाट ६५ जनाको एक समूह कोयम्बतूर गइरहेको थियो ।

भारतीय रेल सेवाका प्रवक्ता अजित कूमार सिंहले एएफपीलाई भन्नुभयो, “रेल यात्रुको मृत्युको कारण अत्यधिक गर्मी हुनसक्ने बताए । यो साच्चिकै अकल्पनीय र दुर्भाग्यपूर्ण घटना भएको छ ।”

उनले भने, “रेल जव झाँसी नजिकै पुगेको थियो त्यति नै वेला एक यात्रु विरामी भएको भनेर हामीलाई फोन आयो । तत्काल स्वास्थ्यकर्मीसहितको टोली त्यहाँ पुग्दा यस पहिले नै तीन जनाको मृत्यु भइसकेको थियो ।”

“एक जनाको उपचारका क्रममा अस्पतालमा निधन भयो,” सिंहले भने । उक्त दिन उत्तर प्रदेशको झाँसी र वरपरको तापक्रम ४५ डिग्री सेल्सियस रहेको बताइएको छ । 







उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया
उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया

सोल । दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ। दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..