घरबार छाडेर जरी भर्न काठमाडौं, प्रहरीले चारजनालाई उद्दार ग-यो


नेपालपाना प्रकाशित: २०७६-२-२९ गते
घरबार छाडेर जरी भर्न काठमाडौं, प्रहरीले चारजनालाई उद्दार ग-यो

सिन्धुपाल्चोक घुन्सा गाउँका १३ वर्षीय हीरा बम्जन दशैँअघि काठमाडौँ दिदीकहाँ आएका थिए । पहाडी गाउँभन्दा फरक रमझममा घुम्दाघुम्दै एक दिन उनी जरी भर्ने काम गर्न पुगे ।

उनले भने, “महिनाको तीन हजार दिन्थ्यो, म भन्दा ठूला र म जस्तै अरु पनि धेरै काम गर्थे । दशैँमा घरफर्केपछि भने आमाले आउन दिइनन् तर हातमा पैसा परेपछि फेरि त्यस्तै पैसा कमाउने लत बस्योे ।’’

चार जना दिदनीबहिनी र दुई दाजुभाइमध्येका माइला उनलाई सहरमै बसेर कमाउने इच्छा छ । गोरखापत्र दैनिकका अनुसार, त्यही इच्छा पूरा गर्न यही जेठ २४ गते अरु तीनजना साथीसहित घरबाट भागेर बम्जन काठमाडौँ आइपुगेका हुन् । 

कक्षा ४ मा पढ्दै गरेका सोमबहादुर थिङ १२ वर्ष, कक्षा ५ मा पढ्ने बादल बम्जन १२ वर्ष र कान्छा गोले १२ वर्ष उनीसँगै काठमाडौँ आएका छन् । बादल बम्जनले भने, “त्यही ट्वाक ट्वाके काम (जरी भर्ने) गर्ने भनेर आएको तर काम गर्ने ठाउँ नै फेला परेन ।” 

चारैजनालाई मङ्गलबार बालबालिका खोजतलास समन्वय केन्द्रले उद्धार ग¥यो । प्रहरीले पक्रेपछि काम गर्ने ठाउँ खोज्न नपाएको बालकहरूले बताए । 
 







बैंकको कर्जा नतिरेर कालोसूचिमा पर्ने ऋणीको संख्या एकै बर्षमा दोब्बर
बैंकको कर्जा नतिरेर कालोसूचिमा पर्ने ऋणीको संख्या एकै बर्षमा दोब्बर

काठमाडौं । बैंक तथा विक्तिय संस्थाको कर्जा नतिरेर कालोसूचिमा पर्ने ऋणीको संख्या गत आर्थिक बर्षमा ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंंकको पछिल्लो तथ्याङक अनुसार कालोसूचिमा..

जयनगर-जनकपुर रेल सेवा सञ्चालनमा बाढी तगारो !
जयनगर-जनकपुर रेल सेवा सञ्चालनमा बाढी तगारो !

काठमाडौं । निर्माणधीन जयनगर–जनकपुर रेल सेवा सञ्चालनमा बाढी तगारो बनेको छ । गत असारको अन्तिम साता आएको बाढीे लिक क्षतिग्रस्त बनाएको र अहिलेसम्म मर्मतसम्भार नभएका कारण तत्..

सहसचिब र उपसचिवको खुला परीक्षामा कर्मचारी प्रतिस्पर्धा गर्न बन्देज
सहसचिब र उपसचिवको खुला परीक्षामा कर्मचारी प्रतिस्पर्धा गर्न बन्देज

काठमाडौं । नेपाल सरकारको नीतिगत तहको महत्ववपूर्ण पद मानिने सहसचिव र उपसचिवको खुला परीक्षामा निजामती तहकै कर्मचारीलाई प्रतिस्पर्धा गर्न बन्देज गरिने भएको छ । अब सो परीक्षामा बा..

२० करोडको लागतमा सुविधासम्पन्न दुई रंगशाला निर्माण हुने
२० करोडको लागतमा सुविधासम्पन्न दुई रंगशाला निर्माण हुने

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा रंगशाला बन्ने भएका छन् । कमलामाई नगरपालिका–५ कालिमाटीमा सिन्धुली रंगशालाको भने शिलान्यास भई निर्माण सुरु..