गौशालाको जस्मिन ईन्टरनेशनल प्रालि मानवतस्करीमा संलग्न, चार कामदारलाई अध्यागमनले फर्कायो


नेपालपाना प्रकाशित: २०७६-२-२९ गते
गौशालाको जस्मिन ईन्टरनेशनल प्रालि मानवतस्करीमा संलग्न, चार कामदारलाई अध्यागमनले फर्कायो

काठमाडौं । रोजगारीका लागि अफ्रिकी मुलुक मौरिसस जाने तयारीमा रहेका १६ नेपालीलाई अध्यागमन विभाग, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयले फिर्ता पठाइदिएको छ ।

नेपाल एयरलाइन्सको उडानबाट दुवई हुँदै मौरिसस जाने तयारीमा रहेका उनीहरुको पासपोर्ट विभागले जफत गरी अनुसन्धानमा पठाएको छ । मौरिससमा रहेको एकै कम्पनीमा कामको लागि जान लागेका उनीहरुसँग ई–भिसा प्राप्त भएको प्रामाणिक कागजात नभएको जानकारी विभागले दिएको छ ।

गौशालामा रहेको जस्मिन इन्टरनेशनल प्रालिलाई प्रतिव्यक्ति १ लाख ७० हजार तिरेर कागजात मिलाएको पत्रमा खुलासा गरिएको छ ।

वैदेशिक रोजगार विभाग काठमाडौंले समेत उनीहरुको बारेमा केही बताउन नसकेपछि थप छानबिनको लागि उनीहरुको कागजात वैदेशिक रोजगार विभागमा पठाइएको खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ ।







ठग ठेकेदारका कारण भत्केको सिक्टा सिंचाईको नहर मर्मत जनताको करबाट गर्दै सरकार 
ठग ठेकेदारका कारण भत्केको सिक्टा सिंचाईको नहर मर्मत जनताको करबाट गर्दै सरकार 

काठमाडौ । परीक्षणका क्रममा भत्केको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर सरकारले मर्मत गर्ने भएको छ । यसअघि मूल नहरको मर्मत सरकार वा ठेकेदार कम्पनीमध्ये कसले गर्न..

विदेश गएका ५३२ नेपाली जेलमा 
विदेश गएका ५३२ नेपाली जेलमा 

काठमाडौं । रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीमध्ये पाँच सय ३२ जना जेल परेका छन् । आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु सम्बद्ध मुलुकको कानुन विपरी..

काठमाडौंमा युवतीहरुमाथि लगातार सुई आक्रमण !
काठमाडौंमा युवतीहरुमाथि लगातार सुई आक्रमण !

काठमाडौं । पछिल्लो डेढ महिनामा काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ । एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला केही दिनमा उस्तै प्रकृतिका..

पानीजहाजमा रोजगारी दिने भन्दै ३०० युवाबाट ६ करोड ठग्ने पौडेल पक्राउ
पानीजहाजमा रोजगारी दिने भन्दै ३०० युवाबाट ६ करोड ठग्ने पौडेल पक्राउ

काठमाडौं । सिंगापुर लगेर पानीजहाजमा जागिर लगाइदिने प्रलोभन देखाएर तीन सय युवासँग ६ करोड ठग्ने व्यक्ति पक्राउ परेका छन् । नुवाकोट गणेशस्थान–९ का ३४ वर्षीय प्रवीण पौडेललाई..