कैदीले अस्पतालमै विष पिएर आत्महत्या गरे 


नेपालपाना प्रकाशित: २०७६-२-२९ गते
कैदीले अस्पतालमै विष पिएर आत्महत्या गरे 

बाँके । उपचारका लागि भेरी अञ्चल अस्पताल लगिएका एक कैदीले विष सेवन गरी आत्महत्या गरेका छन् । 

बाँकेको जानकी गाउँपालिका ३ का २५ वर्षीय सुनीलकुमार तिवारीलाई जिल्ला कारागारले नियमित उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगेको थियो । तर तिवारीले शौचालय गई विष सेवन गरी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

तिवारीलाई लागू औषध मुद्धामा अघिल्लो बैशाख ५ गतेदेखि थुनामा राखिएको थियो । उनलाई चार बर्ष कैद सजाय भएको पत्र सोमबार नै कारागारमा पुगेको थियो । 

तिवारीसँगै उनकी पत्नीले पनि विष सेवन गरेको खुलेको छ । अस्पतालको शौचालयमा पत्नीले विष सेवन गरेपछि तिवारी गएको र उनले बाँकी रहेको विष सेवन गरेको खुलेको छ ।

शौच गर्न भन्दै शौचालय गएको कैदी लामो समयसम्म नफर्केपछि प्रहरीले ढोका तोडेर हेर्दा तिवारीले विष सेवन गरेको खुलेको हो ।







छोराको मृत्युपछि ६५ बर्षीय बाबुले पनि आत्महत्या गरे, गाउँ नै शोकमा
छोराको मृत्युपछि ६५ बर्षीय बाबुले पनि आत्महत्या गरे, गाउँ नै शोकमा

तानसेन । हृदयघातका कारण छोराको मृत्युपश्चात बाबुले पनि आत्महत्या गर्दा पाल्पाको रामपुर नगरपालिका–१० हेक्लाङ् गाउँ शोकमग्न बनेको छ ।  त्रिभुवन बहुमुखी क्याम्पस पा..

केन्द्रीय कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राख्दा समस्यै–समस्या
केन्द्रीय कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राख्दा समस्यै–समस्या

काठमाडौं, मुलुककै पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या परेको छ ।  विसं १९७१ मा स्थापना भएको मुलुककै प..

ज्ञानेन्द्र शाहीमाथि प्रहरी अनुसन्धान शुरु 
ज्ञानेन्द्र शाहीमाथि प्रहरी अनुसन्धान शुरु 

ललितपुर । शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि विमानमै दुर्व्यवहार गरेको आरोप लागेका ज्ञानेन्द्र शाहीमाथि प्रहरीले अन..

गाउँपालिका अध्यक्षमाथि गोली प्रहार, आक्रमणकारी खोलामा हाम फालेर भागे 
गाउँपालिका अध्यक्षमाथि गोली प्रहार, आक्रमणकारी खोलामा हाम फालेर भागे 

डडेलधुरा । रामारोशन गाउँपालिका अध्यक्ष झन्कर साउदमाथि आइतबार साँझ ७ बजेतिर अज्ञात व्यक्तिले गोली प्रहार गरेको छ । प्रहरीले प्रतिकार गरेपछि साउद भने गोली लाग्नबाट जोगिएका छन..