युरोकप छनोट प्रतियोगितामा बेल्जियम र इटालीको जित


नेपाल पाना प्रकाशित: २०७६-२-२९ गते
युरोकप छनोट प्रतियोगितामा बेल्जियम र इटालीको जित

काठमाडौं । युरोकप छनोट प्रतियोगितामा मंगलबार भएको खेलमा बेल्जियम र इटाली विजयी भएका छन् ।

बेल्जियमले स्कटल्याण्डलाई ३-० ले हराउँदा रोमेलु लुकाकुले दुई गोल गरे । बेल्जियमको ब्रुसेलमा भएको खेलमा लुकाकुले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

५७औं मिनेटमा उनले दोस्रो गोल गर्दा बेल्जियमले २-० को अग्रता लियो । दोस्रो हाफको इन्ज्युरी समयमा केभिन डी ब्रुयनले गोल गर्दै बेल्जियमको ३–० को जित सुनिश्चित गराए ।

समूह आईमा बेल्जियमले चार खेलबाट शतप्रतिशत जित निकाल्दै १२ अंक जोडेको छ । स्कटल्याण्डको भने ६ अंकमात्र छ । यो समूहमा रसिया दोस्रो स्थानमा छ । रसियाले मंगलबारको खेलमा साइप्रसलाई १-० ले हरायो ।

समूह जे अन्तर्गतको खेलमा इटालीले बोस्निया एण्ड हर्जगोविनालाई २-१ ले हरायो । पहिलो हाफमा बोस्नियाले अग्रता बनाएपनि दोस्रो हाफमा दुई गोल खान पुग्यो ।

३२औं मिनेटमा इडिन जेकोले गोल गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए । ४९औं मिनेटमा लोरेन्जो इन्साइनले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । त्यसपछि ८६औं मिनेटमा मार्को भेराटीले गोल गर्दै इटालीको जित सुनिश्चित गराए ।







नेपाली लिग च्याम्पियन: मनाङको लज्जास्पद हार
नेपाली लिग च्याम्पियन: मनाङको लज्जास्पद हार

काठमाडौ । नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबले एएफसी कपअन्तर्गतको पाँचौ चरणको खेलमा लज्जास्पद हार बेहोरेको छ । पाँचौ खेलमा मनाङले बंगलादेशको ढाका अवहान..

विश्वकप क्रिकेट : न्युजिल्याण्डसँग दक्षिण अफ्रिका ४ विकेटले पराजित, विलियम्सनले बनाए शतक
विश्वकप क्रिकेट : न्युजिल्याण्डसँग दक्षिण अफ्रिका ४ विकेटले पराजित, विलियम्सनले बनाए शतक

म्यानचेस्टर । बेलायतमा जारी आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकालाई ४ विकेटले हराएर लगातार चौथो जीत निकाल्दै न्यूजिल्याण्ड प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । ..

गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेशको विजयी
गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेशको विजयी

कञ्चनपुर । महेन्द्रनगरमा आयोजित प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९..

भारतसँग हारेपछि पाकिस्तानी क्रिकेटरले आफ्नै टीमको बेइज्जती गरे 
भारतसँग हारेपछि पाकिस्तानी क्रिकेटरले आफ्नै टीमको बेइज्जती गरे 

नयाँदिल्ली । बेलायतको म्यानचेस्टरमा जारी आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा भारतसँग लज्जास्पद हार ब्यहोरेपछि पाकिस्तानी क्रिकेटरले आफ्नै टीमको धज्जी उडाएका छन् । प..