‘आलोपालो भन्ने विषय नै उठेको छैन’


नेपाल पाना प्रकाशित: २०७६-२-२९ गते
‘आलोपालो भन्ने विषय नै उठेको छैन’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालन कसले र कहिलेसम्म गर्ने विषय दलभित्रबाटै टुंगो लाग्ने बताएका छन् । 

प्रधानमन्त्रीले बेलायतको प्रतिष्ठित विश्वविद्यालय अक्सफोर्डमा आयोजित कार्यक्रममा भने ‘हामीले पार्टी एकताअघि सहमति गरेका हौं। पार्टी एकता भइसकेको छ। अब के गर्दा ठिक हुन्छ, त्यसको टुंगो पार्टीले नै लगाउँछ,’ ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सरकारको कार्यशैलीबारे छलफल भए पनि आलोपालो वा के गर्ने भन्ने विषय नउठेको बताए। 

नेकपाका अध्यक्षबीच आलोपालो प्रधानमन्त्री चलाउने सहमति भएको बताइएको छ । दाहालले यस विषयलाई प्रधानमन्त्री ओली दिल्ली भ्रमणमा रहेका बेला टेलिभिजन अन्तरवार्तामा सार्वजनिक गरेका थिए। यद्यपि सहमतिपत्र पहिले नै बाहिर आइसकेको थियो ।

प्रधानमन्त्री ओलीले भने, ‘समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सरकार दीर्घकालीन योजना तय गरेर अघि बढेको छ ।’ जनताको चाहना राजनीतिक स्थायित्व र विकास रहेकाले त्यसमा सरकार एकचित्त भएर लागेको उनले बताए । 


गृहकार्य नपुगेको भन्दै नेकपा सचिवालय बैठक स्थगित्
गृहकार्य नपुगेको भन्दै नेकपा सचिवालय बैठक स्थगित्

काठमाडौं । नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार गृहकार्य नपुगेको भन्दै नेकपाको आज तीन बजे बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ।  आजको बैठकले केन्द्रीय आयोगहरू..

सरकारविरुद्ध कुनै पनि बेला आन्दोलनमा आउन सक्छु: सभापति देउवा
सरकारविरुद्ध कुनै पनि बेला आन्दोलनमा आउन सक्छु: सभापति देउवा

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आफ्नो पार्टी कुनै पनि बेला सडक आन्दोलनमा आउन सक्ने बताएका छन् । उनले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण..

नेकपाको सरकार पाँच वर्षसम्मै रहने  तर नेतृत्व कसको ?
नेकपाको सरकार पाँच वर्षसम्मै रहने  तर नेतृत्व कसको ?

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली ‘समझदारी’ अनुसार चल्नुपर्ने बताएका छन् । सोमबार जनकपुर विमानस्थलमा द..

सत्तारुढ (ने.क.पा.) मा फेरि एक्लिए माधव नेपाल, वरियताक्रममा झलनाथ भन्दा पनि तल
सत्तारुढ (ने.क.पा.) मा फेरि एक्लिए माधव नेपाल, वरियताक्रममा झलनाथ भन्दा पनि तल

काठमाडौं । सत्तारुढ (ने.क.पा.) का बरिष्ठ नेता माधवकुमार नेपाल पार्टीभित्र फेरि च्यापिएका छन् । आइतबार साँझ बसेको (ने.क.पा.) सचिवालय बैठकले नेपालको बरियता खोस्दै झलनाथ खनालल..