ग्यास लिक आगलागी अपडेट: उपचारका क्रममा ज्ञानिमायाको मृत्यु, दुईको अवस्था गम्भीर


नेपाल पाना प्रकाशित: २०७६-२-२९ गते
ग्यास लिक आगलागी अपडेट: उपचारका क्रममा ज्ञानिमायाको मृत्यु, दुईको अवस्था गम्भीर

बारा । गत शुक्रबार डुमरवानामा खाना पकाउने सिलिण्डरबाट ग्यास लिक भई आगलागी हुँदा जलेर घाइते भएका सात जनामध्ये एकजनाको मृत्यु भएको छ। 

काठमाडौं साखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा बुधबार बिहान २८ वर्षीया ज्ञानिमाया मोक्तानको मृत्यु भएको हो । कीर्तिपुर बर्न सेन्टरमा उपचाररत मोक्तानलाई मंगलबार साँझ सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो। 

कीर्तिपुर अस्पतालको आइसीयुबाट निकालिएपछि परिवारले उनलाई साँखु लगेका थिए। मोक्तानको बिहान ३ बजे मृत्यु भएको आफन्तले जानकारी गराएका छन्। मोक्तानसहित घटनामा जलेर घाइते भएका सातैजनाको कीर्तिपुरमै उपचार भइरहेको थियो। 

कीर्तिपुर बर्न सेन्टरमा ५२ वर्षीया दिलमाया स्याङतान, २८ वर्षीया सुकुमाया भोलन, ६७ वर्षीय नजरमान थिङ, उनका ३२ वर्षीय छोरा बहुतमान थिङ, नजरमानकै साइली बुहारी २८ वर्षीया अनिता थिङ र २६ वर्षीया कमलीमाया थिङको अहिले उपचार भइरहेको छ। 

उपचाररतमध्ये दिलमाया र सुकमायाको अवस्था भने गम्भीर रहेको छ।







चार प्रहरी प्रमुख फेरिएपनि तीन महिलाको हत्या गर्ने पत्ता लागेन
चार प्रहरी प्रमुख फेरिएपनि तीन महिलाको हत्या गर्ने पत्ता लागेन

खोटाङ । तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्यारा पत्ता लाग्न सकेको छैन। घटनालगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङ तथा काठमाडौँबाट नेपाल प्रहरीको वि..

सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने
सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने

लखनउ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सिमानामा नेपालीहरुलाई कुनै पनि हालतमा दुःख नदिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।  नेपाल फ..

नेकपाको सचिवालय बैठक शनिबार बस्ने
नेकपाको सचिवालय बैठक शनिबार बस्ने

काठमाडौं । नेकपाको सचिवालय बैठक शनिबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पुरानै एजेण्डामा छलफल हुने बताए । राजनीतिक प्रतिवेदन, का..

गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू
गोताखोर टोलीद्वारा कर्णालीमा डुबेको जीपको खोजीकार्य शुरू

काठमाडौं । कर्णाली नदीमा जीप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौंबाट गएको गोताखोरको टोलीले खोजीकार्य शुरू गरेको छ । कर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपा..