धनगढी विमानस्थल धावनमार्ग तैयार, महिना दिनदेखि बन्द विमानस्थल आजदेखि खुल्ने


नेपाल पाना प्रकाशित: २०७६-२-२९ गते
धनगढी विमानस्थल धावनमार्ग तैयार, महिना दिनदेखि बन्द विमानस्थल आजदेखि खुल्ने

धनगढी । धावनमार्ग मर्मतका लागि वैशाख २२ देखि बन्द धनगढी विमानस्थल बुधवारदेखि सञ्चालनमा आउने भएको छ ।  

धावन मार्गको मर्मत सुधार र पार्किङ क्षेत्र विस्तारको काम अन्तिम चरणमा पुगेकाले बुधवारदेखि विमानस्थलमा नियमित उडान सुरु गर्ने तयारी भइरहेको विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए ।

८५० मिटर लम्बाई र साढे ४ फिट गहिराइको खाडल पुरिसकेपछि कालोपबत्रे गर्ने काम अन्तिम चरणमा पुगेको विमानस्थलका प्रमुख बुढथापाले बताए । झण्डै २२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग, पार्किङ क्षेत्र विस्तारलगायतको कार्य सुरु भएको थियो ।

अहिले धनगढी–काठमाडौं रुटमा नेपाल एयरलाइन्स, बुद्ध र श्री एयरलाइन्सले दैनिक ५ वटा उडान भर्दै आएका छन् । विगत एक महिनादेखि हवाइ सेवा बन्द हुँदा हवाई यात्रुलाई मर्का परिरहेको थियो ।







जेलभित्र दिपेन राईलाई के भयो ? किन छाडे विप्लव समुह ? 
जेलभित्र दिपेन राईलाई के भयो ? किन छाडे विप्लव समुह ? 

इलाम । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका इलाम जिल्ला इञ्चार्ज दिपेन राई सत्ताधारी (ने.क.पा.) मा प्रवेश गरेका छन् । राईलाई प्रहरीले गत..

भारतीय तीर्थयात्रु बोकेर मुक्तिनाथ जाँदै गरेको बस पृथ्वी राजमार्गमा दुर्घटना, २७ जना घाइते 
भारतीय तीर्थयात्रु बोकेर मुक्तिनाथ जाँदै गरेको बस पृथ्वी राजमार्गमा दुर्घटना, २७ जना घाइते 

तनहुँ । भारतीय तीर्थयात्रु बोकेर मुक्तिनाथतर्फ जाँदै गरेको यात्रुबाहक बस पृथ्वी राजमार्गमा पल्टिँदा २७ जना घाइते भएका छन् ।  युपिबीपी ४९९५ नं को सो भारतीय बस आज (सोमबा..

'कुनै पनि सैन्य गतिविधि नेपाललाई स्वीकार्य छैन' : मन्त्री ज्ञवाली
'कुनै पनि सैन्य गतिविधि नेपाललाई स्वीकार्य छैन' : मन्त्री ज्ञवाली

ललितपुर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मित्रराष्ट्रहरुबीच फाटो ल्याउने कुनै पनि सैन्य गतिविधी नेपालका लागि अस्वीकार्य रहेको बताएका छन् ।  ललितपुरमा आइतबार आयोजित..

खुम्बुमा तीन दिनदेखि विमान उड्न सकेन, सैयौं पर्यटक अलपत्र 
खुम्बुमा तीन दिनदेखि विमान उड्न सकेन, सैयौं पर्यटक अलपत्र 

सल्लेरी । उडान प्रतिकुल मौसम हुँदा सोलुखुम्बुमा तीन सय भन्दा बढी पर्यटक अलपत्र परेका छन् ।  बिहिबार बेलुकीदेखि नै खुम्बु क्षेत्रको मौसममा बदली भईरहेको छ । बाक्लो कुहिर..