आयोगको विज्ञापन रद्द गर्न दिएको निर्देशन तत्काल फिर्ता लिन रवीन्द्र मिश्रको माग


नेपाल पाना प्रकाशित: २०७६-२-२९ गते
आयोगको विज्ञापन रद्द गर्न दिएको निर्देशन तत्काल फिर्ता लिन रवीन्द्र मिश्रको माग

काठमाडौं । साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न दिएको निर्देशन तत्काल फिर्ता लिन संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिसँग माग गरेका छन् । 

संयोजक मिश्रले संसदीय समितिले दिएको सो निर्देशन नमान्न लोक सेवा आयोगको पनि गम्भिर ध्यानाकर्षण गराए । लोक सेवा आयोग स्वतन्त्र संवैधानिक अंग भएकाले संसदीय समितिले दिएको सो निर्देशन पालना गर्न बाध्य नहुने उनको तर्क छ । 

बुधबार पनि संसदीय समितिले दिएको सो निर्देशन फिर्ता लिन दवाव दिँदै काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरिएका युवा÷विद्यार्र्थीहरुलाई सम्बोधन गर्दै संयोजक मिश्रले लोक सेवा आयोगलाई राज्य व्यवस्था तथा सुशासन समितिले दिएको सो निर्देशन नमान्न दवाव दिन पनि आह्वान गरे । 

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको गत सोमबार बसेको बैठकले सो विज्ञापन तत्काल रद्द गर्न सरकार र लोक सेवा आयोगलाई निर्देशन दिएको थियो । संसदीय समितिको सो निर्देशनले युवा, विद्यार्थीहरुलाई प्रतिस्पर्धाको आधारमा लोक सेवा आयोगको परीक्षाबाट उतीर्ण भएर जागिर खाने आफ्नो अधिकार हनन् गरेको संयोजक मिश्रको भनाई छ ।

संयोजक मिश्रले राज्यले लोक सेवा आयोगमा समेत राजनीतिक हस्तक्षेप गरेर युवा/विद्यार्थीहरुमाथि मानवताविरुद्धको अपराध गरिरहेको आरोप पनि लगाए । सो क्रममा युवारविद्यार्थीहरुले लोक सेवा आयोगले खुलाएको सो विज्ञापन रद्द गर्ने निर्देशन फिर्ता नलिएसम्म संघीय संसदको राज्य व्यवस्था  तथा सुशासन समितिविरुद्धको आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन । 


गृहकार्य नपुगेको भन्दै नेकपा सचिवालय बैठक स्थगित्
गृहकार्य नपुगेको भन्दै नेकपा सचिवालय बैठक स्थगित्

काठमाडौं । नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार गृहकार्य नपुगेको भन्दै नेकपाको आज तीन बजे बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ।  आजको बैठकले केन्द्रीय आयोगहरू..

सरकारविरुद्ध कुनै पनि बेला आन्दोलनमा आउन सक्छु: सभापति देउवा
सरकारविरुद्ध कुनै पनि बेला आन्दोलनमा आउन सक्छु: सभापति देउवा

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आफ्नो पार्टी कुनै पनि बेला सडक आन्दोलनमा आउन सक्ने बताएका छन् । उनले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण..

नेकपाको सरकार पाँच वर्षसम्मै रहने  तर नेतृत्व कसको ?
नेकपाको सरकार पाँच वर्षसम्मै रहने  तर नेतृत्व कसको ?

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली ‘समझदारी’ अनुसार चल्नुपर्ने बताएका छन् । सोमबार जनकपुर विमानस्थलमा द..

सत्तारुढ (ने.क.पा.) मा फेरि एक्लिए माधव नेपाल, वरियताक्रममा झलनाथ भन्दा पनि तल
सत्तारुढ (ने.क.पा.) मा फेरि एक्लिए माधव नेपाल, वरियताक्रममा झलनाथ भन्दा पनि तल

काठमाडौं । सत्तारुढ (ने.क.पा.) का बरिष्ठ नेता माधवकुमार नेपाल पार्टीभित्र फेरि च्यापिएका छन् । आइतबार साँझ बसेको (ने.क.पा.) सचिवालय बैठकले नेपालको बरियता खोस्दै झलनाथ खनालल..