कान कोट्याउन कानेगुजी प्रयोग गर्ने बानी छ ? सावधान !


नेपाल पाना प्रकाशित: २०७६-२-२९ गते
कान कोट्याउन कानेगुजी प्रयोग गर्ने बानी छ ? सावधान !

काठमाडौं । हामीलाई कानकोे इन्फेक्सनबाट जोगाउनका लागि हाम्रो कानमा कानेगुजी बनेको हुन्छ । तर, हामीहरु यस कनेगुजी तथा कान सफा गर्नका लागि अनेक उपाय अपनाउने गर्छौं । कान आफैँ सफा हुने अंग हो । त्यसैले यसका लागि सफाई गर्नु पर्ने आवश्यक छैन ।

प्राय डाक्टरहरु कान सफा गर्नु आवश्यक नरहेको बताउने गर्छन् । हामीले बजारमा विभिन्न खाले कान कोट्याउने उपकरणहरु किन्न पाइन्छ । कान चिलाएको बेलामा होस् या यतिकै होस् कान कोट्याउदा हामीलाई बेग्लै खालको आनन्दको अनुभूति हुने गर्छ ।

तर, कान कोट्यादा हामीलाई फाइदा भन्दा पनि बेफाइदा हुन सक्छ । यदी हामी आफैँले कान कोट्याउन र यसलाई सफा राख्न चाहन्छौं भने निम्न कुराहरुमा ध्यान दिनु पर्छ । हाम्रो कान तीन भागमा बाडिँएको हुन्छ ।

बाहिरी भाग अर्थात् देखिने भाग, बिच्चाको भाग र भित्री भाग । बाहिरी भागलाई सफा कपडाले पुछेर सफा गर्न सकिन्छ । बिछाको भागको छाला निकै संवेदनशिल हुन्छ र यस भागमा कानेगुजी हुने गर्छ । भित्री भागमा इयर ड्रम हुन्छ । हामीले हाम्रो कानलाई राम्रोसँग सफा गरेनौ भने भित्री भागमा असर पर्न सक्छ ।

यदि हामी सफा गर्दा सावधानी नअपनाएर लापरवाही गरेमा हाम्रो सुन्ने क्षमतामा कम हुनुका साथै भित्री भागमा इन्फेक्सन समेत बढ्न सक्छ । कान कोट्याउँदा कानेगुजी निस्केभन्दा पनि भित्रसम्म कानेगुजी पस्ने सम्भावना धेरै हुन्छ ।

हामीले कानमा सेफ्टीपिन, हेयर पिन, सलाईको काँटी, पिन, प्वाख, कलम, कपास लगायतका वस्तुको प्रयोग गर्नु हुदैन । यस्ता वस्तुले सफा गर्नेभन्दा पनि कानमा खराबी गर्ने काम गर्छ । कहिलेकाँही कानै नसुन्न अवस्था समेत आउनसक्छ ।

कान दुख्यो भने, राम्रोसँग सुन्न छाडियो भने, कानमा हावा भरिएजस्तो वा कानमा कराएजस्तो भयो भने हामीले चिकित्सको सल्लाह लिनु पर्छ । कान सुक्खा भयो भन्दैमा हामीले कानमा तेलको प्रयोग पनि गर्नु हुँदैन ।


म्यानमारमा डेँगुको महामारी, हालसम्म ४८ जनाको मृत्यु, १० हजार ७ सय प्रभावित 
म्यानमारमा डेँगुको महामारी, हालसम्म ४८ जनाको मृत्यु, १० हजार ७ सय प्रभावित 

याङ्गुन । म्यानमारमा फैलिएको डेँगुका कारण यस वर्ष ४८ जनाको मृत्यु भएको छ। गत सात महिनाको अवधिमा अरु १० हजार ७ सय ५७ जनामा डेँगुको सङ्क्रमणको पुष्टि भएको अधिकारीहरूले जनाएका छन..

निमोनियाका कारण वडाध्यक्षको निधन
निमोनियाका कारण वडाध्यक्षको निधन

भोजपुर । निमोनियाले भेटेपछि उपचारक्रममा रहेका पौवादुङमा गाउँपालिका–१ श्यामशीलाका वडा अध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको छ ।  जिल्ला अस्पतालमा उपचार हुन नसकेप..

रोगका रुपमा चिन्ने जन्डिस रोग नभई लक्षण मात्र
रोगका रुपमा चिन्ने जन्डिस रोग नभई लक्षण मात्र

काठमाडौं । हामीले रोगका रुपमा चिन्ने जन्डिस खासमा रोग नभई रोगको लक्षण मात्र हो । जन्डिस, पहेलो जोरो अथवा कमलपित्त कलेजो सम्बन्धी रोगको लक्षण हो । हाम्रो आँखाको सेतो भाग तथा..

स्वादसँगै स्वास्थ्यका लागि बहुउपयोगी मेवा यस्तो अवस्थामा खनुहुदैन, जानीराखौँ
स्वादसँगै स्वास्थ्यका लागि बहुउपयोगी मेवा यस्तो अवस्थामा खनुहुदैन, जानीराखौँ

काठमाडौं । मेवा बहुउपयोगी फलफूल हो । विशेषगरी गर्मी मौसममा यो फल तथा यसको जुस स्वास्थ्यका लागि पनि उपयोगी छ । स्वादसँगै मेवा स्वास्थ्यको लागि पनि अति फाइदाजनक हुन्छ । ..