युरोप भ्रमणमा गएकै बेला ओलीका निर्णयलाई प्रचण्डको ठाडै काउन्टर, चितवनमा खोले असन्तुष्टिको पोको


नेपाल पाना प्रकाशित: २०७६-२-२९ गते
युरोप भ्रमणमा गएकै बेला ओलीका निर्णयलाई प्रचण्डको ठाडै काउन्टर, चितवनमा खोले असन्तुष्टिको पोको

चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीको सरकार निर्णयको आलोचना गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा गएकै बेला प्रचण्डले सरकारले अघि सारेका विधेयकमा कमीकमजोरी रहेको भन्दै परिमार्जन गरिने बताए। प्रधानमन्त्री तथा मन्त्रीहरुले विधेयकहरुको बचाउ गर्दै कुनै हालतमा परिमार्जन नहुने बताइरहेका बेला सरकारलाई काउन्टर दिँदै प्रचण्डले जनभावनालाई समेटेर विधेयक परिमार्जन गरिने बताए।

बुधवार गृहजिल्ला चितवन पुगेका प्रचण्डले सरकारले पछिल्लो समयमा ल्याएका विधेयकमा आवश्यक परिमार्जन गरिने स्पष्ट पारे। सरकारले ल्याएका विधेयकहरुमा तयारी राम्रो नपुगेकाले विरोध र गुनासाहरु आएको उनले बताए। भरतपुर विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले विधेयकहरुका कारण भएका विरोधले सतर्क बनाएको बताए। ‘तयारी राम्रो नपुगेको हो, जति गृहकार्य भएर आउनुपथ्र्यो त्यो नपुगेकै हो’ उनले भने, ‘सरकार र पार्टी सतर्क भएको छ, प्रर्याप्त छलफल गरेर, सहमति बनाएर ल्याउने तिर सरकार जान्छ।’ मिडिया काउन्सिल विधेयकमा आवश्यक परिमार्जन गरेर अगाडी बढिने उनको भनाई छ। यस्तै, गुठी विधेयकको बारेमा पनि बहस र छलफल चलिराखेको र परिमार्जन गरिने उनी बताउँछन्।

सरकार आलोपालो चलाउने सहमतिलाई भने नयाँ कुरा नभएकाले पहिले भएका समझादारीका साथ अगाडी बढिने उनले बताए। लोक सेवा आयोगले ल्याएको कर्मचारी भर्ना प्रक्रियाको विज्ञापन विवादका विषयमामा संसदिय समितिले र सरकारले काम गरिराखेको उनले बताए। यस विषयमा प्रधानमन्त्री विदेश भ्रमणबाट फर्केपछि छलफल गरेर उचित ढंगले अघि बढिने उनको भनाइ छ।







पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम
पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री संजयकुमार गौतमले पूर्वाधारको नाममा शक्तिशाली पोस्ने गरी बजेट आएको आरोप लगाएका छन् । ‘देशभर सयौं सडकमा करोडका दरले बजेट क..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..

गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?
गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?

काठमाडौं । गुठी विद्येयक फिर्ता भए पनि गुठीयारले सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेका छन् । गृह, सञ्चार र भूमि सुधारमन्त्रीको राजीनामा माग गर्दै माइतीघर मणडलामा उपत्यक..

कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित
कांग्रेसको अवरोधपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुको अवरोधका  कारण संसद स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न नपाउदै संसद स्थगित भएको हो ।  प्रधानमन्त्री..