सरकारले अब विदेश पढ्न जानेलाई एनओसी नदिने


नेपालपाना प्रकाशित: २०७६-२-३० गते
सरकारले अब विदेश पढ्न जानेलाई एनओसी नदिने

काठमाडौं । सरकारले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई कडाइ गरेको छ । शिक्षा मन्त्रालयले एक वर्षभन्दा कम अवधिको कोर्स अध्ययन गर्न जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र (नोअब्जेक्सन लेटर–एनओसी) नदिने निर्णय गरेको छ । 

निर्णय कार्यान्वयन गर्न बुधबार सम्बन्धित शाखामा पत्राचार गरिएको मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव महेश्वर शर्माले जानकारी दिए । उनका अनुसार डिप्लोमा तहको कोर्स अध्ययनमा जान खोजेका विद्यार्थीलाई एनओसी रोकिएको हो ।

 विश्वविद्यालयमा भर्ना हुने प्रमाण भएका विद्यार्थीलाई भने एनओसी दिन रोक लगाइएको छैन । डिप्लोमा भनिए पनि यसमा कति अवधिसम्मको अध्ययनलाई मान्यता दिने भन्ने स्पष्ट व्यवस्था छैन ।  यसबारे मन्त्रालयका अधिकारी पनि अन्योलमा छन्। अहिले एक वर्षदेखि ६ महिनाका लागि अध्ययन गर्न जाने भन्दै विद्यार्थीले मन्त्रालयबाट एनओसी लिने गरेका छन् ।

डिप्लोमा कोर्स गर्न एसईई मात्र उत्तीर्ण गरेका विद्यार्थी पनि जान पाउँछन् ।  पढाइमा कमजोर विद्यार्थी पनि सहजै विदेश जाने, उनीहरूले विदेशमा गएर दुःख पाउने र स्वदेशी पुँजी बाहिरिने कारण देखाउँदै सरकारले त्यस्ता विद्यार्थीलाई एनओसी दिन रोक लगाएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ । 







रोकिएको एमबीबीएस प्रवेश परीक्षा लिने बाटो खुल्यो 
रोकिएको एमबीबीएस प्रवेश परीक्षा लिने बाटो खुल्यो 

काठमाडौं । विद्यार्थीहरुले अदालतमा रिट हालेपछि रोकिएको एमबीबीएस प्रवेश परीक्षा गराउने बाटो खुलेको छ ।  तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने,..

अबदेखि पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना
अबदेखि पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना

डडेल्धुरा । डडेल्धुराको एउटा विद्यालयले चाउचाउ, बिस्कुटलगायतका पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना गर्ने गरेको छ । डडेल्धुरा जिल्लाको अमरगढी..

‘वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ’
‘वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ’

काठमाडौं ।  प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् ।  ४० औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ५३ औं र..

एमबीबीएसको प्रवेश परीक्षा पूर्वनिर्धारित २१ गते नै हुने
एमबीबीएसको प्रवेश परीक्षा पूर्वनिर्धारित २१ गते नै हुने

काठमाडौँ । एमबीबीएसको प्रवेश परीक्षा तोकिएकै मिति यही २१ गते नै हुने शिक्षा मन्त्रालयले जनाएको छ । आईओएमको कार्यालयमा विद्यार्थीहरुले लगाएको ताला प्रहरीले खुलाएसँगै प्रवेश परी..