हङकङमा हिंसात्मक प्रदर्शनले लियाे उग्र रुप, सबै सरकारी कार्यालय बन्द


नेपाल पाना प्रकाशित: २०७६-२-३० गते
हङकङमा हिंसात्मक प्रदर्शनले लियाे उग्र रुप, सबै सरकारी कार्यालय बन्द

काठमाडौं । चीनतर्फ सुपुर्दगी प्रक्रिया अघि बढाउन हङकङको विधायिका परिषद्ले विधेयक ल्याएपछि हङकङमा हिंसात्मक प्रदर्शन भएको छ । 

प्रदर्शनकारीको निसानामा परेको हङकङमा बुधबारको हिंसात्मक प्रदर्शनपछि सरकारी हेर्डक्वार्टर वरपरका सबै कार्यालयहरु बन्द गरिएको बीबीसीले जनाएको छ ।

केही दिनदेखि हङकङ अशान्त छ । विधेयक त्रुटिपूर्ण रहेकाले त्यो फिर्ता हुनुपर्ने उनीहरुको माग छ । तर, उनीहरुको माग बेवास्ता गर्दै विधेयकमाथि छलफलको प्रयास भइरहेको छ । जसको विरोधमा प्रदर्शनकारीहरु कडा रुपमा प्रस्तुत भएका छन् । 

दोस्रो चरणको छलफल विधायिका परिषद्ले बुधबार अघि बढाउन लागेको विरोधमा बुधबार भएको प्रदर्शनले उग्र रुप नै लियो । जुन प्रदर्शनलाई हङकङको दशकयताकै ठूलो भएको बताइएको छ ।







उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया
उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया

सोल । दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ। दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..