ट्राफिक नियम मिचेका दुई मोटरसाईकल एकआपसमा ठोक्किँदा दुई जना ठहरै, चारजना घाईते 


नेपालपाना प्रकाशित: २०७६-२-३० गते
ट्राफिक नियम मिचेका दुई मोटरसाईकल एकआपसमा ठोक्किँदा दुई जना ठहरै, चारजना घाईते 

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ४ घाइते भएका छन्।

हरिपुर नगरपालिका–७ चिताइस्थित भित्री सडकखण्डमा ना२५प ६९२२ नम्बरको मोटरसाइकल र ज२प ७८८६ नम्बरको मोटरसाइकल एकापसमा गए राति करिब १०ः३० बजेको समयमा ठोक्किँदा ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दुवै मोटरसाइकल चालक हुन्।

दुवै मोटरसाइकलमा चालकसहित ३र३ जना सवार थिए। मोटरसाइकलको पछाडि बस्ने चारै जना घाइते भएका सर्लाहीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिए।

ना२५प ६९२२ नम्बरको मोटसाइकल पछाडि बस्ने अच्छेलाल चौधरी र रामबाबु चौधरी समान्य घाइते छन्। दुवै जना स्थानीय अस्पतालमा उपचार गराई घर फर्केका छन् भने ज२प ७८८६ नम्बरको मोटरसाइकल पछाडि बस्ने ईश्वरपुर नगरपालिका–१४ का १७ वर्षीय धीरेन्द्र चौधरी र लालबन्दी नगरपालिका–२१ का सन्तोष चौधरी गम्भीर घाइते भएका छन्।

गम्भीर घाइते दुवैलाई उपचारका लागि वीरगञ्ज अस्पताल सिफारिस गरिएको छ भने मृतकको शव परीक्षणका लागि सर्लाही अस्पताल मलङ्गवामा राखिएको छ।







वायुसेवा निगम डुब्न शुरु, २ अर्ब ९६ करोड रुपैयाँ किस्ता बुझाउन सकेन 
वायुसेवा निगम डुब्न शुरु, २ अर्ब ९६ करोड रुपैयाँ किस्ता बुझाउन सकेन 

काठमाडौं । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले एयरबस कम्पनीका चारवटा जेट विमान खरिदका लागि गरेको ३२ अर्ब ऋण लगानीको किस्ता नेपाल वायुसेवा निगमले तिर्न सकेको छैन । निगमल..

करेन्ट लागेर घाइते थापाको उपचारका क्रममा मृत्यु
करेन्ट लागेर घाइते थापाको उपचारका क्रममा मृत्यु

तनहुँ । म्याग्दे गाउँपालिका–२ पातीचौरमा सोमबार राति करेन्ट लागेर सोही ठाउँ निवासी २८ वर्षीया सीता थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माधव घिमिरेको घरमा डे..

भरुवा बन्दुकसहित कालीबहादुर पक्राउ
भरुवा बन्दुकसहित कालीबहादुर पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पाँचथरले अबैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका-१, स्थायी घर भई हाल फिदिम नगरपालिका ७..

नवलपुरमा सवारी दुर्घटना हुँदा नेविसंघ क्षेत्रीय सभापति अधिकारीको मृत्यु !
नवलपुरमा सवारी दुर्घटना हुँदा नेविसंघ क्षेत्रीय सभापति अधिकारीको मृत्यु !

नवलपरासी । सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका २ इलाका प्रहरी कार्यालय अगाडि ट्रकले ठक्कर दिँदा मोटरसाइलमा सवार तिलचन्द्र अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। अधिका..