सवारी दुर्घटनामा नेपाली सेनाको मृत्यु


नेपाल पाना प्रकाशित: २०७६-२-३० गते
सवारी दुर्घटनामा नेपाली सेनाको मृत्यु

हेटौँडा । सवारी दुर्घटनामा सैनिकको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ सामरी पुल नजिकै गए राति भएको सवारी दुर्घटनामा घाइते भएका सैनिकको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा नेपाली सेनाका लेस नायक विवेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसैतर्फ जाँदै गरेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएका ३० वर्षीय तामाङलाई उपचारका लागि काठमाडौँ लगिएको र सोही क्रममा उनको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए।







छोराको मृत्युपछि ६५ बर्षीय बाबुले पनि आत्महत्या गरे, गाउँ नै शोकमा
छोराको मृत्युपछि ६५ बर्षीय बाबुले पनि आत्महत्या गरे, गाउँ नै शोकमा

तानसेन । हृदयघातका कारण छोराको मृत्युपश्चात बाबुले पनि आत्महत्या गर्दा पाल्पाको रामपुर नगरपालिका–१० हेक्लाङ् गाउँ शोकमग्न बनेको छ ।  त्रिभुवन बहुमुखी क्याम्पस पा..

केन्द्रीय कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राख्दा समस्यै–समस्या
केन्द्रीय कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राख्दा समस्यै–समस्या

काठमाडौं, मुलुककै पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या परेको छ ।  विसं १९७१ मा स्थापना भएको मुलुककै प..

ज्ञानेन्द्र शाहीमाथि प्रहरी अनुसन्धान शुरु 
ज्ञानेन्द्र शाहीमाथि प्रहरी अनुसन्धान शुरु 

ललितपुर । शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि विमानमै दुर्व्यवहार गरेको आरोप लागेका ज्ञानेन्द्र शाहीमाथि प्रहरीले अन..

गाउँपालिका अध्यक्षमाथि गोली प्रहार, आक्रमणकारी खोलामा हाम फालेर भागे 
गाउँपालिका अध्यक्षमाथि गोली प्रहार, आक्रमणकारी खोलामा हाम फालेर भागे 

डडेलधुरा । रामारोशन गाउँपालिका अध्यक्ष झन्कर साउदमाथि आइतबार साँझ ७ बजेतिर अज्ञात व्यक्तिले गोली प्रहार गरेको छ । प्रहरीले प्रतिकार गरेपछि साउद भने गोली लाग्नबाट जोगिएका छन..