‘गुठीको सम्पत्तिलाई व्यापारीकरण गरी भूमाफियालाई सुम्पने उद्देश्यले गुठी विधेयक ल्याइएको हाे’


नेपाल पाना प्रकाशित: २०७६-२-३० गते
‘गुठीको सम्पत्तिलाई व्यापारीकरण गरी भूमाफियालाई सुम्पने उद्देश्यले गुठी विधेयक ल्याइएको  हाे’

काठमाडौं । सरकारले संघीय संसदमा दर्ता गरेको गुठीसम्बन्धी विधेयकको विरोधमा भइरहेको आन्दोलनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले ऐक्यबद्धता जनाएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले गुठीको सम्पत्तिलाई व्यापारीकरण गरी भूमाफियालाई सुम्पने उद्देश्यले गुठी विधेयक ल्याइएको आरोपसमेत लगाएको छ ।

अध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले आवश्यक परे सडक आन्दोलनसमेत गर्ने भन्दै गुठी विधेयकलाई फिर्ता गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष राणाले संस्कृतिसँग जोडिएको विषयमा सरोकारवालासँग छलफल नै नगरी विधेयक ल्याउनुले सरकारको नियतमाथि प्रश्न उठेको बताए । अर्का अध्यक्ष डा. लोहनीले वामपन्थीहरु द्रव्यपन्थीतर्फ उन्मुख भएको आरोप लगाए । 







‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’
‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’

पोखरा । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री र आफूबीच छलफल भएको बताएका छन् । पोखरामा बिहीबार बिहान पत्रकारहरूसँग कुराका..

पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम
पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री संजयकुमार गौतमले पूर्वाधारको नाममा शक्तिशाली पोस्ने गरी बजेट आएको आरोप लगाएका छन् । ‘देशभर सयौं सडकमा करोडका दरले बजेट क..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..

गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?
गुठी विद्येयक फिर्ता भएपनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी, के छ गुठीयारहरूको माग ?

काठमाडौं । गुठी विद्येयक फिर्ता भए पनि गुठीयारले सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेका छन् । गृह, सञ्चार र भूमि सुधारमन्त्रीको राजीनामा माग गर्दै माइतीघर मणडलामा उपत्यक..