सबैभन्दा खुसी हुन्छिन् अविवाहित महिला !


नेपाल पाना प्रकाशित: २०७६-२-३० गते
सबैभन्दा खुसी हुन्छिन् अविवाहित महिला !

एजेन्सी । एक नयाँ वैज्ञानिक अनुसन्धानले बालबच्चा नभएका अविवाहित महिलाहरु विश्वका सबैभन्दा खुसी मानिसमा पर्ने देखाएको छ । शीर्ष मनोविश्लेषकहरुको नेतृत्वमा गरिएको अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको हो । 

एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिलाहरु घरेलु जिम्मेवारीको बोझ उठाइरहेका आफ्ना साथीहरुको तुलनामा अधिक स्वस्थ र लामो जीवन जीउने गरेको वेल्सस्थित प्रोफेसर डोलानले बताएका हुन् । डोलान ‘लन्डन स्कुल अफ इकोनोमिस्क’ मा यवहारिक विज्ञानका शीर्ष विश्लेषक हुन् ।

यस्तोमा सबैभन्दा पछिल्लो डाटाले पनि ‘खुसी रहन र सुखी जीवन बिताउन विवाह र मातृत्व जस्ता सामाजिक सफलताका पारम्परिक उपाय नै अपनाउनु पर्छ भन्ने जरुरी नभएको’ संकेत गरेको उनले बताए । यी विषयहरु खुसी जीवनको स्तरसँग सम्बन्धित नहुन पनि सक्ने उनको भनाइ छ । 

उनका अनुसार एक्लो रहनु सम्बन्धी समाजको नकारात्मक धारणाले गर्दा नै आज धेरै महिलाहरु बेखुसी छन् । उनले धेरै अभिभावकहरुसँगको आफ्नो खुलस्त अन्र्तक्रिया र विवाहबारे सामान्य अवस्थामा अध्ययन गरेपछि यस्तो तथ्य फेला पारेको बताएका हुन् ।

यसरी महिलाहरुमा एक्लो जीवन बिताउनुका फाइदाबारे यो पहिलोपटक उल्लेख गरिएको होइन । यसअघि पनि मनोविश्लेषकहरुले यस विषयमा प्रकाश पारिसकेका छन् । केही समय अगाडि मात्र इतिहास विद् डाक्टर बब निकोल्सनले १८८९ को टिट–बिट्स म्यागजिनको कपी ट्वीटरमा पोस्ट गरेका थिए जुन १९ औँ शताब्दीमा एक्ला महिलाहरुले कस्तो महसुस गरिरहेका छन् भन्नेबारे रहेको थियो । 

यसमा ‘तपाईँ उमेर कटिसकेपछि पनि किन एक्लो हुनुहुन्छ ?’ भन्ने प्रश्न गरिएको थियो । जसको जवाफमा त्यस बेलाका थुप्रै महिलाहरुले आफू एक्लो जीवनमै धेरै रमाउने गरेको भन्ने जस्ता टिप्पणी दिएका छन् ।







गर्मी बढेसँगै बिरामीका लागि आवश्यक पर्ने रगतको अभाव
गर्मी बढेसँगै बिरामीका लागि आवश्यक पर्ने रगतको अभाव

चितवन । चितवन जिल्लामा गर्मी बढेसँगै रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका अनुसार अहिले केन्द्रमा आकस्मिक बाहेकका बिरामीका लागि आवश्यक पर्ने रगत अभाव भए..

भक्तपुर अस्पतालको बहिरङ्ग सेवा अनिश्चिकालिन बन्द
भक्तपुर अस्पतालको बहिरङ्ग सेवा अनिश्चिकालिन बन्द

भक्तपुर । कर्मचारीको मागको सुनुवाई नभएको भन्दै भक्तपुर अस्पतालको बहिरङ्ग सेवाअनिश्चिकालिनका लागि बन्द गराएका छन ।  विभिन्न पेशागत मागहरु राखेर भक्तपुर अस्पतालका विकास..

आफ्ना माग पुरा गराउन भक्तपुर अस्पतालका कर्मचारीले बहिरंग सेवा बन्द गरे 
आफ्ना माग पुरा गराउन भक्तपुर अस्पतालका कर्मचारीले बहिरंग सेवा बन्द गरे 

काठमाडौं । विभिन्न पेशागत मागहरु राखेर भक्तपुर अस्पतालका कर्मचारीले आजबाट अस्पतालको बहिरङ्ग सेवा बन्द गराएका छन् । भक्तपुर अस्पतालका विकास समितिअन्तर्गतका २४ जना कर्मचारीको मा..

कान कम सुन्न थाल्नु भएको छ ? लापरवाहीले बहिरो हुन सक्छ 
कान कम सुन्न थाल्नु भएको छ ? लापरवाहीले बहिरो हुन सक्छ 

काठमाडौं । हाम्रो शरीरका धेरै जसो सबै अंगहरू निकै संवेदनशील हुन्छन् । हाम्रो कान भित्र रहेको कानको जाली पनि एकदमै संवेदनशील अंग हो । यसबाट हामी सुन्ने गर्छौं ।  हाम्रो..