अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 


नेपाल पाना प्रकाशित: २०७६-२-३१ गते
अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 

भीमदत्तनगर । शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ । 

कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा गड्डाचौकीबाट भीमदत्तनगर बजारतर्फ आइरहेका म१ह ७६३ नंको अटोलाई विपरीत दिशाबाट गइरहेको से१त ७३३ नंको जेसिबीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । 

दुर्घटनामा परी बैतडीको देहीमाण्डौँ नगरपालिका–२ का अन्दाजी २८ वर्षीय किशन बोहरा, पोखरा पृथ्वीचोक बस्ने ३५ वर्षीया बीना रिजाल र भारतीय नागरिक ५८ वर्षीय तिलप्रसादको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका अटो चालक २६ वर्षीय प्रेम थापालाई भारत र अर्का घाइते बेल्डाँडी गाउँपालिका–७ का सन्तोष लुहारलाई धनगढी उपचारका लागि पठाइएको छ । 

त्यसैगरी दुर्घटनामा परी घाइते भएकी मृतक बोहराकी श्रीमती लक्ष्मी बोहरा, अन्दाजी तीन वर्षीय छोरा निशान्त बोहरा र भीमत्तनगरपालिका–१० का जगदीश पार्कीको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीले दुर्घटनापछि फरार रहेका जेसिबी चालकको खोजीकार्य तीव्र पारेको जनाएको छ ।


१८ बर्षअघि आतंकवादसँग यसरी काँपेको थियो अमेरिका, क्षणभरमै तीनहजार मानिस मारिएको त्यो क्षण !
१८ बर्षअघि आतंकवादसँग यसरी काँपेको थियो अमेरिका, क्षणभरमै तीनहजार मानिस मारिएको त्यो क्षण !

काठमाडौं । सन् २००१ को सेप्टेम्बर ११ का दिन अमेरिकामा आतंकवादी हमला भएको आज ठीक १८ बर्ष पुगेको छ ।  त्यो बर्षको आजकै दिन संसारकै सबैभन्दा शक्तिशाली मुलुक अमेरिकालाई अन..

नेपाल र चीनबीचकाे पछिल्लो सम्झौता : कुटनीतिक स्तर 'भीख दिने र लिने' तहमै पुगेको हो ? 
नेपाल र चीनबीचकाे पछिल्लो सम्झौता : कुटनीतिक स्तर 'भीख दिने र लिने' तहमै पुगेको हो ? 

समझदारीपत्रमा हस्ताक्षर गर्दै नेपाल र चीनका अधिकारीहरु ।  काठमाडौं । आर्थिक र भौतिक विकासमा उत्तरी छिमेकीको बलियो ब्याकअप खोजिरहेको नेपाल र चीनबीच सोमबार भएको तीन सम्झ..

कश्मीरमा भारतलाई नेपालको साथ, परराष्ट्रमन्त्री ज्ञवालीले भने–"धारा ३७० भारतको आन्तरिक मामिला हो !"
कश्मीरमा भारतलाई नेपालको साथ, परराष्ट्रमन्त्री ज्ञवालीले भने–"धारा ३७० भारतको आन्तरिक मामिला हो !"

काठमाडौं । नेपालले जम्मु–कश्मीरको विशेषाधिकार खारेज गर्ने निर्णय भारतको आन्तरिक विषय भएको जनाएको छ । लामो समयसम्म कश्मीर विवादमा मौनता साँधेको नेपालले अन्ततः भारतकै अ..

ओलीको निर्णयलाई उपेन्द्रको काउन्टर, दिनप्रतिदिन घेराबन्दीमा पर्दै सरकार
ओलीको निर्णयलाई उपेन्द्रको काउन्टर, दिनप्रतिदिन घेराबन्दीमा पर्दै सरकार

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले सरकारमा सहभागी छन्। उनी उपप्रधानसहित स्वास्थ्यमन्त्री पदमा बहाल छन्। यसर्थमा उनले केपी शर्मा ओली नेतृत्वको सरकार..