काठमाडौंमा डलर र सुन देखाएर कंगाल बनाउने गिरोह सक्रिय


रासस प्रकाशित: २०७६-३-२ गते
काठमाडौंमा डलर र सुन देखाएर कंगाल बनाउने गिरोह सक्रिय

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएकासँग डलर र सुन साट्ने भन्दै नक्कली नोट दिएर ठग्ने तथा लुटपाट गर्ने गिरोह काठमाण्डौलगायत आसपासका क्षेत्रमा सक्रिय छन् । 

उनीहरू काठमाण्डौको नयाँ बसपार्क, बौद्धलगायत क्षेत्रमा यसरी ठगी कार्यमा सक्रिय रहेको भन्दै महानगरीय प्रहरी परिसर काठमाण्डौले डलर र सुन साट्ने भनेर कसैले प्रलोभन दिएमा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । 

महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीका अनुसार विगतदेखि नै यस्ता व्यक्तिहरू सक्रिय रहेकाले निगरानी बढाएर धेरैलाई पक्राउ गरिएको जानकारी दिए ।

आइतबार मात्रै पनि परिसरले यसरी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा परिसरबाट खटिएको प्रहरी टोलीले भक्तपुरको साँगाबाट डलर र सुन साट्ने भनी लुटपाट गर्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–८ घर भई काभ्रे पाँचखाल बस्ने जीतबहादुर तामाङ र धुलिखेल बस्ने रामबहादुर तामाङ पक्राउ गरेको परिसरले जनाएको छ । 

यसअघि नयाँ बसपार्कबाट यसैगरी ठगी गर्दै आएका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको थियो । जीतबहादुर र रामबहादुरले नयाँ बसपार्क र बौद्ध क्षेत्रलाई मुख्य आधार बनाई विदेशबाट फर्किएका व्यक्तिहरूलाई डलर र सुन साट्नेलगायत अन्य विदेशी रकम बढीमा साट्ने भन्दै ठगी गर्ने गरेको खुल्न आएको छ ।

उनीहरूले पैसाको बण्डलको अगाडि र पछाडि सक्कली नोट राखी भित्र कागज राखेर ठग्ने गरेको परिसरको भनाइ छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ । 


धार्केमा बस दुर्घटना
धार्केमा बस दुर्घटना

धादिङ । धार्केमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । लमजुङ जाँदै गरेको ग १ ख ५१७८ नम्बरको माइक्रो बस र ना २ ख ५२१२ बस एकआपसमा ठोक्किदा दुई यात्री..

पोखरीमा डुबेर बालकको ज्यान गयो
पोखरीमा डुबेर बालकको ज्यान गयो

सर्लाही । सर्लाहीमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । मलंगवा नगरपालिका–१२ गम्हरियाका राजनारायण महतोको ११ वर्षीय छोरा पवन महतोको ज्यान गएको प्रहरीले जनाएको छ । खे..

करेन्ट लागेर लेथ मेशिनमा काम गर्दै आएका युवाको ज्यान गयो
करेन्ट लागेर लेथ मेशिनमा काम गर्दै आएका युवाको ज्यान गयो

सर्लाही । हरिवनमा शनिवार करेन्ट लागेर लेथ मेशिनमा काम गर्दै आएका लालबन्दी नगरपालिका–१० का मनोज भन्ने काजिमान बुढाथोकीको मृत्यु भएको छ ।  स्थानिय गणेश भट्टराईको स..

काठमाडौं केशरमहलमा ट्रिपरसँग स्कुटर ठोक्किँयो
काठमाडौं केशरमहलमा ट्रिपरसँग स्कुटर ठोक्किँयो

काठमाडौं । केशरमहलमा ट्रिपरसँग स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ । केशरमहल चोकमा रोकिराखेको ट्रिपरमा स्कुटर ठोक्किएपछि स्कुटर चालकको ज्यान गएको हो ।  दुर्घटनामा प..