नारायणगढबाट वीरगञ्ज जाँदै गरेको बस दुर्घटनामा प-यो, एक जनाको मृत्यु, २० घाईते 


नेपालपाना प्रकाशित: २०७६-३-२ गते
नारायणगढबाट वीरगञ्ज जाँदै गरेको बस दुर्घटनामा प-यो, एक जनाको मृत्यु, २० घाईते 

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१५ मा  बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना ५ ख ४०१५ नंको दिवासेवाको यात्रुवाहक बस हेटौँडा–वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई सोमबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइतेको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।  मृत्यु भएकी महिलाको अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सो दुर्घटनामा परी घाइते भएका २० यात्रुको हेटौँडास्थित चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  

घाइते २० मध्ये चारको अवस्था अत्यन्तै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


पदयात्रामा हराएका दुई युवाको शव भेट्टियो
पदयात्रामा हराएका दुई युवाको शव भेट्टियो

नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट हराएका दुई युवाको शव आज भेट्टिएको छ । गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३ गते हराएका सिन्धुपाल्चोक हेलम्बुका १७..

रसुवागढी नाकाबाट करोडौँ मुल्य बराबरको सुनसहित ६ जना पक्राउ
रसुवागढी नाकाबाट करोडौँ मुल्य बराबरको सुनसहित ६ जना पक्राउ

रसुवा । चीनको केरुङबाट अवैध रूपमा काठमाण्डौ ल्याउन लागेका साढे २ किलो सुनसहित रसुवागढी नाकाबाट ६ जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँप..

कानूनअनुसार कारबाही भोग्न तयार छुः आस्था राउत 
कानूनअनुसार कारबाही भोग्न तयार छुः आस्था राउत 

काठमाडौं । गायिका आस्था राउतले पत्रकारहरुसँग कुरा गर्दै आफू कानूनअनुसार कारबाही स्वीकार गर्न तयार भएको प्रतिक्रिया दिएकी छिन् । सरकारी वकिलकहाँ जाने क्रममा गायिका राउतले कानून..

नेपालमा थप एकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि
नेपालमा थप एकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि

काठमाडौं । नेपालमा थप एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि चीनबाट आएका एक युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।  योसंगै नेपालम..