मोरङमा सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु


नेपाल पाना प्रकाशित: २०७६-३-२ गते
मोरङमा सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथानमा ट्याक्टरको ठक्करबाट  मोटरसाइकल चालक दिलिपकुमार बिकको मृत्यु भएको छ ।

रंगेली डाईनिया सडक खण्डमा राति पौने १० बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ५ प ११७८ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ आउँदै गरेको को २ त २३२० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाईकल चालक भोजपुर घर भई सुनवर्षी नगरपालिका–४ अमरदह बस्ने वर्ष ४५ को दिलिप कुमार बि।क। गम्भीर घाइते भएका थिए । घाइते बिकको उपचारकालागि रंगेली अस्पताल पठाएइएको थियो । उनको उपचारका क्रममा राति साढे १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।


प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, प्रहरी घाइते
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, प्रहरी घाइते

मकवानपुर । प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । गाँजा तस्करको गोली लागेर नेपाल प्रहरीका असई नवीनविक्रम थापा घाइते भएका छन् । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाए..

भाइको कुटाइबाट दाइको मृत्यु
भाइको कुटाइबाट दाइको मृत्यु

सोलुखुम्बु । भाइको कुटाइबाट दाइको ज्यान गएको छ ।  थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा दाजुभाइबीच झगडा हुँदा २७ वर्षका भाइ किरण राईको कुटाइबाट ४४ वर्षका दाजु जयप्रक..

तमोर नदीमा बगेर २ जना बेपत्ता
तमोर नदीमा बगेर २ जना बेपत्ता

काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका(५ सुभाङका २ जना किशोर तमोर नदीमा बगेर बेपत्ता भएका छन् । माछा मार्न गएका जीवन सुहाङ र सन्दिप सेवाँ बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्य..

आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...
आफ्नै बाबुले चलाएको जिपले छोरालाई किचेपछि...

बागलुङ । बाबुले चलाएको जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ ।  काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे ग१ज ७१८१ नम्बरको जिपका चालक सशीलाल थाप..