कर्मचारीको मनोवल उच्च राख्न प्रदेश २ सरकारले थप एक महिनाको तलब दिने


नेपाल पाना प्रकाशित: २०७६-३-२ गते
कर्मचारीको मनोवल उच्च राख्न प्रदेश २ सरकारले थप एक महिनाको तलब दिने

जनकपुरधाम । राष्ट्रसेवक कर्मचारीहरुको मनोवल उच्च राखि कार्य उत्प्रेरणा बढाउन तथा आन्तरिक पर्यटनलाई प्रवद्र्वन गर्न कर्मचारीको तलब वृद्धि गरिएको प्रदेश २ सरकारले जनाएको छ । 

आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले आइतबार संसदमा प्रस्तुत बजेटमा एक महिना बराबरको शुरु तलब स्केलको रकम थप सुविधाको रुपमा दिने व्यवस्था गरिएको हो । प्रदेश २ सरकारले यसबाट सार्वजनिक सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा प्रदेश सरकारले लिएको छ ।

प्रदेश सरकारको विनियोजनबाट पारिश्रमिक प्राप्त गर्ने सवै राष्ट्रसेवक कर्मचारीको शुरु तलबमानमा संघीय सरकारले साउन १ देखि लागू हुने गरी वृद्धि गरेको तलब भत्ता लगायतका सुविधालाई प्रदेशमा समेत लागू गर्दै थप एक महिनाको तलव दिइने बजेटमा उल्लेख गरिएको छ ।


धार्केमा बस दुर्घटना
धार्केमा बस दुर्घटना

धादिङ । धार्केमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । लमजुङ जाँदै गरेको ग १ ख ५१७८ नम्बरको माइक्रो बस र ना २ ख ५२१२ बस एकआपसमा ठोक्किदा दुई यात्री..

पोखरीमा डुबेर बालकको ज्यान गयो
पोखरीमा डुबेर बालकको ज्यान गयो

सर्लाही । सर्लाहीमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । मलंगवा नगरपालिका–१२ गम्हरियाका राजनारायण महतोको ११ वर्षीय छोरा पवन महतोको ज्यान गएको प्रहरीले जनाएको छ । खे..

करेन्ट लागेर लेथ मेशिनमा काम गर्दै आएका युवाको ज्यान गयो
करेन्ट लागेर लेथ मेशिनमा काम गर्दै आएका युवाको ज्यान गयो

सर्लाही । हरिवनमा शनिवार करेन्ट लागेर लेथ मेशिनमा काम गर्दै आएका लालबन्दी नगरपालिका–१० का मनोज भन्ने काजिमान बुढाथोकीको मृत्यु भएको छ ।  स्थानिय गणेश भट्टराईको स..

काठमाडौं केशरमहलमा ट्रिपरसँग स्कुटर ठोक्किँयो
काठमाडौं केशरमहलमा ट्रिपरसँग स्कुटर ठोक्किँयो

काठमाडौं । केशरमहलमा ट्रिपरसँग स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ । केशरमहल चोकमा रोकिराखेको ट्रिपरमा स्कुटर ठोक्किएपछि स्कुटर चालकको ज्यान गएको हो ।  दुर्घटनामा प..