लुक्लामा चार दिनदेखि उडान ठप्प, २०० यात्रु अलपत्र 


नेपालपाना प्रकाशित: २०७६-३-३ गते
लुक्लामा चार दिनदेखि उडान ठप्प, २०० यात्रु अलपत्र 

सोलुखुम्बु । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने र पानी पर्न थालेपछि लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा चारदिनदेखि हवाई उडान ठप्प भएको छ । 

गत शुक्रबारदेखि नै सम्पुर्ण उडान रद्द भएका कारण झण्डै २०० जना स्वदेशी तथा विदेशी यात्रु लुक्लामै अलपत्र परेका छन् । 

उडान स्थगित हुनुअघि बिहिबार पनि ७ वटामध्ये ३ वटा मात्रै उडान भएको थियो । खुम्बु क्षेत्रको भ्रमण गर्न पुगेका पर्यटकका लागि अन्य विकल्प नहुँदा लुक्ला विमानस्थलमै निर्भर हुनुपर्ने बाध्यता छ । 

मौसम खुल्ने र विमान उड्ने टुंगो नभएपछि अहिले केही यात्रुहरु लुक्लाबाट पैदलै हिँडेर सल्लेरी हुँदा गाडीमार्फत काठमाडौं फर्किन थालेका छन् ।


अन्नपूर्ण, धौलागिरि, नीलगिरिलगायत हिमाली क्षेत्रमा बढे पर्यटक
अन्नपूर्ण, धौलागिरि, नीलगिरिलगायत हिमाली क्षेत्रमा बढे पर्यटक

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० मा गत आर्थिक वर्ष सबैभन्दा धेरै पर्यटक आएका छन्। एक्याप क्षेत्र गण्डकी प्रदेशको मुख्य पर्यटकीय गन्तव्य हो। अन्नपूर्ण, धौलागि..

बढाएको पर्यटक भिसा शूल्क साउनबाट लागू हुने
बढाएको पर्यटक भिसा शूल्क साउनबाट लागू हुने

काठमाडौं । सरकारले बढाएको पर्यटक भिसा शूल्क साउनबाट लागू हुने भएको छ । सरकारले १२ जेठमै विदेशी पर्यटकको भिसा शूल्क बढाउने निर्णय गरेको थियो । अध्यागमन विभागका अनुसार भिसा श..

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द
चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जीप सफारी बन्द गर्ने भएको छ । बर्खा सुरु भएपछि निकुञ्ज कार्यालयले शनिबारदेखि जीप सफारी बन्द गर्ने निर्णय गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृ..

आजदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालनमा 
आजदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालनमा 

काठमाडौं । धावनमार्ग मर्मतको काम सम्पन्न भएसँगै सञ्चालनमा रहेको मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ ।  गत तीन महिनाद..