मदन खरेलले बायुसेवा निगम डुबाउँदै, घाटा देखाउँदै निजी कम्पनीलाई भाडामा जहाज दिने तयारी 


नेपालपाना प्रकाशित: २०७६-३-४ गते
मदन खरेलले बायुसेवा निगम डुबाउँदै, घाटा देखाउँदै निजी कम्पनीलाई भाडामा जहाज दिने तयारी 

नेपाल वायुसेवा निगमका बाह्य र आन्तरिक उडानका सबै जहाज घाटामा छन् ।  गत साउनदेखि पुससम्मको ६ महिनामा निगमले दुई अर्ब ११ करोड रुपैयाँ घाटा व्यहोरेको छ । त्यसयता निगमका जहाजको उडान अवधि घटेका कारण असार मसान्तसम्म यो घाटा दोब्बरभन्दा बढी हुने देखिन्छ । 

असार मसान्तमा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई २४ अर्ब ऋणको त्रैमासिक किस्ताबापत एक अर्ब ६० करोड बुझाउनुपर्नेछ । यो किस्ता बुझाउन सक्ने अवस्थामा निगम छैन ।

किस्ता तिरिदिने विषयमा सरकारसँग छलफल चलिरहेको निगमका प्रवक्ता नवराज कोइरालले बताए । यसअघि गत चैतको किस्ता पनि तिर्न नसकेपछि सरकारले तिरिदिएको थियो ।

निगमले गत वर्ष मात्रै भित्र्याएका एयरबसका वाइडबडी मात्रै होइन, न्यारोबडी जहाज पनि घाटामा छन् । न्यारोबडीमा निगमले हरेक महिना एक करोड ९४ लाख रुपैयाँ घाटा व्यहोरेको छ । 

गत साउनदेखि पुससम्मको ६ महिनामा न्यारोबडी जहाजको घाटा ११ करोड ६७ लाख रुपैयाँ छ । यस हिसाबले यस आर्थिक वर्ष सम्पन्न हुँदा घाटा २३ करोड ३४ लाख रुपैयाँ पुग्नेछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।


हिउँले ढाकिए चर्चित पर्यटकीय क्षेत्र खप्तड 
हिउँले ढाकिए चर्चित पर्यटकीय क्षेत्र खप्तड 

डोटी । सुदूरपश्चिमको चर्चित धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तड हिउँले ढाकिएको छ । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडका २२ वटा घाँसे पाटन हिउँले..

भक्तपुर पुग्ने पर्यटकलाई भादगाउँले टोपी लगाएर गर्याे स्वागत
भक्तपुर पुग्ने पर्यटकलाई भादगाउँले टोपी लगाएर गर्याे स्वागत

काठमाडौं । नयाँ वर्षको पहिलो दिन भक्तपुर पुग्ने पर्यटकलाई नगरपालिकाले स्वागत गरेको छ । जनवरी १ तारिखको बिहानै भक्तपुरमा घुम्न पुगेका पर्यटकलाई नगर प्रमुख सुनिल प्रजापतिले भ..

सातै प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गरिने
सातै प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गरिने

काठमाडौं । नेपाल भ्रमण वर्षको शुभारम्भ काठमाडौंसँगै सातवटै प्रदेशबाट गरिने भएको छ ।  भ्रमणको शुभारम्भ जनवरी १ तारिख (पुस १६) मा काठमाडौंको दशरथ रङ्गशाला र यही दिन सातव..

अष्ट्रियाका एक वृद्ध पर्यटक सुतेकै अवस्थामा मृत भेटिए
अष्ट्रियाका एक वृद्ध पर्यटक सुतेकै अवस्थामा मृत भेटिए

धादिङ । रुबीभ्याली गाउँपालिका-१ को सोदाङ भन्ने ठाउँमा अष्ट्रियाका ७० वर्षीय व्लिहिम व्हिन्डर शनिबार टेन्टमा सुतेकै अवस्थामा मृत फेला परेका छन् ।   अत्याधिक चिसो बढे..