राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी


नेपालपाना प्रकाशित: २०७६-३-४ गते
राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही  गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन् । 

प्रधानमन्त्री ओलीले ठेक्का लिने तर समयमै काम पूरा नगरेर राष्ट्रलाई दोहोरो मारमा पार्ने ठेकेदार कम्पनीलाई आगामी दिनमा ठेक्का दिन नसकिने पनि स्पष्ट पारे ।

उनले काम होल्ड गरेर बसेका ठेकेदार कम्पनीलाई निश्चित अवधि दिएर काममा लगाउन र त्यसो गर्न नसके उनीहरुमाथि कारबाही गर्न पनि सम्बन्धित निकायलाई सचेत गराए । प्रधानमन्त्री ओलीले कामै नगरेर केही ठेकेदार कम्पनीहरुले समस्यामा पारेको उल्लेख गर्दै ती समस्या समाधान गर्न ढिलाइ नगर्ने पनि स्पष्ट पारे ।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय योजना आयोगको ४५ औँ राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पुग्नुभएका उहाँले नागरिक र राष्ट्रलाई प्रतिकूल हुने खालको कुनै पनि गतिविधि सैह्य नहुने पनि बताए। 

प्रधानमन्त्री ओलीले राष्ट्रको विकास निर्माणको काममा तीव्रता दिन पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिए । प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर नागरिकलाई सेवा र सुविधा दिने कुरालाई उच्च प्राथमिकतामा राखेर अघि बढने सरकारको योजना रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले संविधानले राष्ट्र र नागरिकको हितलाई केन्द्र भागमा राखेको उल्लेख गर्दै त्यही अनुसारको कामलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको पनि बताए । बैठकमा प्रदेशका मुख्यमन्त्रीहरु, मन्त्रिपरिषद्का सदस्यहरु तथा सरकारका सचिवहरुको सहभागिता रहेको थियो ।  


बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित
बाढीका कारण दक्षिणी सुडानमा २ लाख नागरिक विस्थापित

जुबा । दक्षिणी सुुडानमा आएको बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित भएका छन् । दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा आएकोे बाढीमा परी ती नागरिक विस्थापित भएका हुन् । ना..

नेपाललाई म्यान्मारले दियो बुद्धका ३० मूर्ति
नेपाललाई म्यान्मारले दियो बुद्धका ३० मूर्ति

म्यान्मार । यङ्गोनस्थित सितागु अन्तरराष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका धातुका विभिन्न ३० मूर्ति प्रदान गरेको छ । प्रतिष्ठानका संस्थापक सितागु सायदले राष्ट्र..

आजकाे मौसम: देशभर बढ्यो चिसो, हिमपात र वर्षा हुने 
आजकाे मौसम: देशभर बढ्यो चिसो, हिमपात र वर्षा हुने 

काठमाडौं । पश्चिमी वायुको प्रभावले वायुको प्रभावले आज देशका उच्च पहाडी भू-भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमपूर्वानु..

मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु
मस्जिदमा बम बिस्फोट, ६२ जनाको मृत्यु

काठमाडौं । अफगानस्तान एक मस्जिदमा बम बिस्फोट हुँदा ६२ जनाको ज्यान गएको छ । शुक्रबार नमाज पढिरहेका बेला मस्जितमा बम बिस्फोट भएको हो । अफगानी अधिकारीहरुका अनुसार पूर्वी नानगह..