सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने


नेपालपाना प्रकाशित: २०७६-३-५ गते
सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने

लखनउ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सिमानामा नेपालीहरुलाई कुनै पनि हालतमा दुःख नदिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । 

नेपाल फाउन्डेशनका संस्थापक विकास ठाकुर नेतृत्वमा यतिखेर भारत भ्रमणमा रहेको नेपाली पत्रकारहरुको टोलीसँग कुरा गर्दै मुख्यमन्त्री योगीले चाँडै नै आफुले सिमाक्षेत्रको अनुगमन गर्ने र नेपालीहरुलाई सहज रुपमा भारत आवागमन गर्ने वातावरण बनाउने जानकारी दिए ।

दुई देश र नागरिकबीचको सम्बन्धमा विशेष जोड दिँदै आदित्यनाथले नेपालीहरु स्वाभिमानी र सज्जन भएको एवं नेपाली र भारतीय नागरिकबीचको सम्बन्ध स्वार्थनिहित नभई परापूर्वकालदेखि नै दिगो रहेको उल्लेख गरे ।

साथै , दुवै देश र जनताबीच विश्वासको सम्बन्ध रहेकाले यसमा दरार आउन नदिन दुवै देशका नागरिक सजग हुनुपर्ने आदित्यनाथले बताए । केही शक्तिले नेपाल–भारत खुला सिमाको फाईदा उठाउन खोजेको उल्लेख गर्दै योगीले त्यसतर्फ सचेत हुनुपर्ने पनि उल्लेख गरे  ।  

उत्तर प्रदेशको राजधानी लखनउमा भएको सो भेटमा आदित्यनाथले नेपाल–भारत सम्बन्ध धार्मिक दृष्ट्रिकोणले पनि महत्वपूर्ण रहेको र नेपालले धार्मिक पर्यटन विकासमा जोड दिँदा दुवै देशलाई फाईदा पुग्ने बताए । साथै, नेपाल र भारतबीचको सम्बन्ध सदियौं पुरानो रहेकाले आफुहरुले नेपालको समृद्धि र नेपालीहरुको सुख चाहेको बताए । 

फाउन्डेशनका अध्यक्ष ठाकुर नेतृत्वको टोलीले आदित्यनाथलाई लखनउस्थित मुख्यमन्त्रीको निवासमा भेट गरेको थियो । आदित्यनाथसँगको भेटघाट सकारात्मक र फलदायी भएको ठाकुरले जानकारी दिए ।


१८ बर्षअघि आतंकवादसँग यसरी काँपेको थियो अमेरिका, क्षणभरमै तीनहजार मानिस मारिएको त्यो क्षण !
१८ बर्षअघि आतंकवादसँग यसरी काँपेको थियो अमेरिका, क्षणभरमै तीनहजार मानिस मारिएको त्यो क्षण !

काठमाडौं । सन् २००१ को सेप्टेम्बर ११ का दिन अमेरिकामा आतंकवादी हमला भएको आज ठीक १८ बर्ष पुगेको छ ।  त्यो बर्षको आजकै दिन संसारकै सबैभन्दा शक्तिशाली मुलुक अमेरिकालाई अन..

नेपाल र चीनबीचकाे पछिल्लो सम्झौता : कुटनीतिक स्तर 'भीख दिने र लिने' तहमै पुगेको हो ? 
नेपाल र चीनबीचकाे पछिल्लो सम्झौता : कुटनीतिक स्तर 'भीख दिने र लिने' तहमै पुगेको हो ? 

समझदारीपत्रमा हस्ताक्षर गर्दै नेपाल र चीनका अधिकारीहरु ।  काठमाडौं । आर्थिक र भौतिक विकासमा उत्तरी छिमेकीको बलियो ब्याकअप खोजिरहेको नेपाल र चीनबीच सोमबार भएको तीन सम्झ..

कश्मीरमा भारतलाई नेपालको साथ, परराष्ट्रमन्त्री ज्ञवालीले भने–"धारा ३७० भारतको आन्तरिक मामिला हो !"
कश्मीरमा भारतलाई नेपालको साथ, परराष्ट्रमन्त्री ज्ञवालीले भने–"धारा ३७० भारतको आन्तरिक मामिला हो !"

काठमाडौं । नेपालले जम्मु–कश्मीरको विशेषाधिकार खारेज गर्ने निर्णय भारतको आन्तरिक विषय भएको जनाएको छ । लामो समयसम्म कश्मीर विवादमा मौनता साँधेको नेपालले अन्ततः भारतकै अ..

ओलीको निर्णयलाई उपेन्द्रको काउन्टर, दिनप्रतिदिन घेराबन्दीमा पर्दै सरकार
ओलीको निर्णयलाई उपेन्द्रको काउन्टर, दिनप्रतिदिन घेराबन्दीमा पर्दै सरकार

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले सरकारमा सहभागी छन्। उनी उपप्रधानसहित स्वास्थ्यमन्त्री पदमा बहाल छन्। यसर्थमा उनले केपी शर्मा ओली नेतृत्वको सरकार..