बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता


नेपाल पाना प्रकाशित: २०७६-३-५ गते
बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता

काठमाडौं । फिल्म ‘ट्युब लाइट’ र ‘रेस ३’ बाट लगातार फ्लप भएका बलिउड अभिनेता सलमान खानलाई यसपटक सफलता मिलेको छ । 

सलमानलाई नयाँ फिल्म ‘भारत’ बाट सफलता मिलेको हो । तीन वर्षअघि रिलिज भएको फिल्म ‘सुल्तान’ पछि सलमान खानले बल्ल स्वदेशमा २०० करोडको सफलता पाएका हुन् ।

१९ वर्ष लामो हरिण सिकार काण्डमा दुई दिनअघि मात्र सफाई पाएका उनको अहिलेको फिल्म सुपरहिट भएको छ । हरिण सिकार काण्डमा सफाई पाएको दुई पछि नै उनको फिल्म ‘भारत’ २०० करोड क्लब प्रवेश गरेको हो ।

भारतमा रिलिज भएको १४ औं दिनमा यो फिल्मले २०१ करोड ८६ लाखको व्यापार गरेको छ । आफ्ना दुई फिल्म एकपछि अर्को लगातार असफल भएपछि निकै निराश रहेका खानलाई फिल्म ‘भारत’ ले निकै खुसी दिएको छ ।

फिल्म ‘भारत’ ले भारतमात्रै होइन, विश्व बजारमा नै राम्रो व्यापार गरिरहेको र आगामी वर्ष चीनमा पनि रिलिज गराउने सलमानको तयारी छ ।


‘सुपर गोर्खे’ साउन १० गतेबाट हलमा आउँदै
‘सुपर गोर्खे’ साउन १० गतेबाट हलमा आउँदै

काठमाडौं । साउन १० गतेबाट हलहरुमा फिल्म ‘सुपर गोर्खे’ आउने भएको छ । लामो समयदेखि तयार भएको फिल्म अब भने प्रदर्शनमा आउने पक्का भएको हो । फिल्ममा अभिनेत्री ऋचा सि..

बजारमा सेक्स क्लिनिकको प्रचार गर्दै सोनाक्षी
बजारमा सेक्स क्लिनिकको प्रचार गर्दै सोनाक्षी

मुम्बई । बलिउड नायिका सोनाक्षी सिन्हाले हिन्दी फिल्म ‘खानदानी शफाखाना’ मा करिअरकै कठिन दृष्यमा अभिनय गरेको दावी गरेकी छिन् ।  बजारमा सेक्स क्लिनिकको प्रचार..

‘रातो गलबन्दी’ आयो बजारमा (भिडियोसहित)
‘रातो गलबन्दी’ आयो बजारमा (भिडियोसहित)

विराटनगर । फिल्म ‘रातो गलबन्दी’ को फर्स्टलुक पोस्टर सँगै फिल्ममा समावेश गरिएको ‘रातो गलबन्दी’ बोल भएको शीर्ष गीत सार्वजनीक गरिएको छ ।  समाजमा घ..

‘बैशको चुरीफुरी’ बोलको गीत आयो बजारमा (भिडियोसहित)
‘बैशको चुरीफुरी’ बोलको गीत आयो बजारमा (भिडियोसहित)

काठमाडौं । ‘बैशको चुरीफुरी’ बोलको सार्वजनिक भएको छ । मोडल कमल सिंह र श्रेया कार्की फिचार्ड रहेको म्युजिक भिडीयोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।  भिड..