किशोरी सुतिरहेको ठाउँमा पुगि बलात्कारको प्रयास गरेपछि...


रासस प्रकाशित: २०७६-३-५ गते
किशोरी सुतिरहेको ठाउँमा पुगि बलात्कारको प्रयास गरेपछि...

मकवानपुर । भीमफेदी गाउँपालिका–४ की एक किशोरीलाई बलात्कार गर्न खोज्ने सोही वडाका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरी अनुसन्धान पक्रिया अगाडि बढाएको छ ।

पीडित परिवारका अनुसार सोमबार राति करीब ११ बजेतिर मादक पदार्थ सेवन गरी ३२ वर्षीय नवीन स्याङतानले जबर्जस्ती बलात्कारको प्रयास गरेका थिए । परिवारसहित घरमा सुतिरहेको अवस्थामा स्याङतान त्यहाँ पुगेका थिए । आरोपित स्याङतानले जबर्जस्ती गर्न खोजेपछि १५ वर्षीय किशोरीले हल्ला गरेकी थिइन् । त्यसपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि आरोपित स्याङतालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका स्याङतानलाई भीमफेदी प्रहरी चौकीबाट जिल्ला प्रहरी कार्यलय हेटौँडामा आवश्यक कारवाहीका लागि पठाइएको छ ।यसैबीच माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामाले पनि सो घटनाको प्रकृतिअनुसार स्याङतानलाई कडा कारवाही हुनुपर्ने माग गरेको छ ।


धार्केमा बस दुर्घटना
धार्केमा बस दुर्घटना

धादिङ । धार्केमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । लमजुङ जाँदै गरेको ग १ ख ५१७८ नम्बरको माइक्रो बस र ना २ ख ५२१२ बस एकआपसमा ठोक्किदा दुई यात्री..

पोखरीमा डुबेर बालकको ज्यान गयो
पोखरीमा डुबेर बालकको ज्यान गयो

सर्लाही । सर्लाहीमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । मलंगवा नगरपालिका–१२ गम्हरियाका राजनारायण महतोको ११ वर्षीय छोरा पवन महतोको ज्यान गएको प्रहरीले जनाएको छ । खे..

करेन्ट लागेर लेथ मेशिनमा काम गर्दै आएका युवाको ज्यान गयो
करेन्ट लागेर लेथ मेशिनमा काम गर्दै आएका युवाको ज्यान गयो

सर्लाही । हरिवनमा शनिवार करेन्ट लागेर लेथ मेशिनमा काम गर्दै आएका लालबन्दी नगरपालिका–१० का मनोज भन्ने काजिमान बुढाथोकीको मृत्यु भएको छ ।  स्थानिय गणेश भट्टराईको स..

काठमाडौं केशरमहलमा ट्रिपरसँग स्कुटर ठोक्किँयो
काठमाडौं केशरमहलमा ट्रिपरसँग स्कुटर ठोक्किँयो

काठमाडौं । केशरमहलमा ट्रिपरसँग स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ । केशरमहल चोकमा रोकिराखेको ट्रिपरमा स्कुटर ठोक्किएपछि स्कुटर चालकको ज्यान गएको हो ।  दुर्घटनामा प..