दुर्घटनामा घाईते भएका नगरप्रवक्ता भट्टको मृत्यु


नेपाल पाना प्रकाशित: २०७६-३-५ गते
दुर्घटनामा घाईते भएका नगरप्रवक्ता भट्टको मृत्यु

बैतडी । पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्टको आज बिहान मृत्यु भएको छ ।

पुर्चौडी नगरपालिका(४ का वडाध्यक्षसमेत रहेका भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा आज बिहान मृत्यु भएको प्रहरीको भनाई छ ।

उनी वडा कार्यालयबाट घर जाँदै गर्दा गत बुधबार वडा नं ४ को चक्कीबगड भन्ने स्थानमा बा २ ब २५२ नं।को मोटरसाइकल दुर्घटनामा परेका थिए । दुर्घटनामा परी गम्भीर घाइते भट्टको जिल्लामा उपचार हुन नसक्दा थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको थियो ।

कोहलपुर मेडिकल कलेजमा सघन उपचारकक्ष ९आइसियू० राखेर उपचार हुँदाहुदै आज बिहान ३ बजे मृत्यु भएको हो । यसैबीच वडाध्यक्ष तथा नगर प्रवक्ताको निधन भएपछि पुर्चौडी नगरपालिकाले आज शोकसभा पारित गर्दै आज नगरपालिकाका सम्पूर्ण काम स्थगन गरिने नगरप्रमुख रणबहादुर कुँवरले बताए । मृतक भट्ट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का बैतडी जिल्ला कमिटी सदस्यसमेत हुन् ।


हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ
हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा भारतीय नागरिक पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान कुलेश्वरबाट भारतको बेतिया जिल्ला, जोगपट्ट..

‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन
‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले सीमा मिचेको भन्दै भारत र चीन दुवैविरुद्ध आइतबार माइतीघरमा प्रदर्शन गरेको छ । विद्यार्थीहरुले ‘ब्याक अफ इन्डियारचाइना’ नारासहित प्..

स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते
स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका-११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी न..

सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 
सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणी बजारनजिकै रोकिराखेको ट्याक्टरमा अनटेस्ट मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ । बिग्रिएर मर्मत गर्न राखिएको ट्रकको पछाडी मोटरसाइ..