"नेपाल हिन्दुराष्ट्र बन्न तयार हुनुपर्छ !" : योगी आदित्यनाथ


नेपालपाना प्रकाशित: २०७६-३-८ गते
"नेपाल हिन्दुराष्ट्र बन्न तयार हुनुपर्छ !" : योगी आदित्यनाथ

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दु राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन् । 

लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोक भवन) मा नेपाली पत्रकारहरुको टोलीसँग उनले भने, ‘हरेक देशको पहिचान हुन्छ । विश्वका हिन्दुहरुले नेपाललाई हिन्दु राष्ट्रका रुपमा चिन्छन् । दुनियाँको भावना समेट्न नेपाल तयार हुनेछ ।’

यो पनि पढ्नुहोस : सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने

नेपाल हिन्दु राष्ट्र हुँदा विश्वभरको हिन्दुको नेपालसँग भावनात्मक सम्बन्ध हुने र तीन करोड जनसंख्या भएको नेपालले विश्वका सय करोड हिन्दुको तागत प्रयोग गर्न सक्ने मुख्यमन्त्री आदित्यनाथको भनाइ छ । 

योगीले हिन्दु राष्ट्रमार्फत नेपालले धार्मिक पर्यटनलाई विस्तार गर्न सक्नेमा जोड दिए । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ । 


आज शनिबार यस्तो छ तपाईको भाग्य, हेर्नुस् राशिफल
आज शनिबार यस्तो छ तपाईको भाग्य, हेर्नुस् राशिफल

काठमाडौ । आज २०७६ कार्तिक २ गते शनिबार तपाईको दिन कस्तो रहनेछ ? ज्योतिषले यस्तो फलादेश गरेका छन् । मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अनावश्यक झमेलामा फसिने सम्..

आज कोजाग्रत पूर्णिमा, एक महिनासम्म दुइदलीय दलहन खान नहुने
आज कोजाग्रत पूर्णिमा, एक महिनासम्म दुइदलीय दलहन खान नहुने

काठमाडौं । बडादशैँ पर्व आइतबारदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आइतबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम ब..

दशैंको टीकाको शुभ साइत सार्वजनिक
दशैंको टीकाको शुभ साइत सार्वजनिक

काठमाडौं । बडादशैंको टीकाको साइत असोज २१ गते मंगलबार बिहान १०ः२३ बजे रहेको छ । नेपाल पञ्चाङग निर्णायक समितिले दिएको उक्त साइतलाई गुठी संस्थान काठमाडौं जिल्ला शाखाले बडादशैं मन..

आज दशैंको दोस्रो दिन माता भगवती ब्रह्मचारिणीको पूजआजा गरिँदै, देवीमन्दिरमा भक्तजनको घुँइचो
आज दशैंको दोस्रो दिन माता भगवती ब्रह्मचारिणीको पूजआजा गरिँदै, देवीमन्दिरमा भक्तजनको घुँइचो

काठमाडौँ । दशैंको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठमा माता भगवती ब्रहमचारिणीको पूजाआजा गर्न भक्तजनहरुको ठूलो घुइचो लागेको छ । देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा..