नक्कली भ्याटबिल बनाएर १०० कम्पनीले साढे सात अर्ब कर कर छले 


नेपालपाना प्रकाशित: २०७६-३-८ गते
नक्कली भ्याटबिल बनाएर १०० कम्पनीले साढे सात अर्ब कर कर छले 

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाउने एक सय कम्पनीमाथि गरेको अनुसन्धानबाट करिब साढे ७ अर्ब रुपैयाँ कर छली भएको प्रारम्भिक निष्कर्ष निस्किएको छ ।

ती कम्पनीबाट नक्कली बिल खरिद गर्ने झन्डै एक हजार कम्पनीको हिसाबकिताब जोड्दा कुल कर छली १५ अर्ब रुपैयाँ पुग्छ । २०६७ सालको नक्कली भ्याट बिल प्रकरणमा झन्डै साढे ६ अर्ब रुपैयाँ कर छली भएको थियो ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले अहिलेसम्म नक्कली भ्याट बिल बनाउने ३२ वटा कम्पनीका सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा दायर गरिसकेको जानकारी दिए । ‘अन्य ४५ कम्पनी छानबिनका क्रममा छन्,’ उनले कान्तिपुरसित भने, ‘अदालतमा गइसकेको मुद्दामै बिगोको आकार करिब ५ अर्ब रुपैयाँ पुगिसकेको छ । अरू कम्पनीको अनुसन्धान सकिँदा यो अंक सहजै साढे ७ अर्ब रुपैयाँ पुग्छ ।’ 

नक्कली बिल उत्पादन गर्ने कम्पनीसँग बिल खरिद गर्ने कम्पनीमाथि छानबिन हुँदा थप त्यति नै राजस्व चुहावट भएको भेटिने विभागका अधिकारीहरूको भनाइ छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।


कुन विदेशी मुद्राको भाउ कति ? हेर्नुहोस विनिमयदर
कुन विदेशी मुद्राको भाउ कति ? हेर्नुहोस विनिमयदर

आज शनिबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा तोकेको छ ।  साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा..

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६३ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ११० र..

सुनको मूल्य बढ्यो, कति छ आजको भाउ ?
सुनको मूल्य बढ्यो, कति छ आजको भाउ ?

काठमाडौँ । आज सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ ।  महासंघका अनुसार फाइन गुणस्तरको सुनको करोबार ६५ हजार रुपैयाँमा भएको छ । त्यस्तै तेजावी सुनको मूल्य ६४ हजार ७ सय रुपै..

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर 
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ११० रुपैयाँ ४० पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११० रु..