‘गुठी विधेयक पूर्ण रुपले खारेज  गरेर नयाँ विधेयक ल्याउनुपर्छ’


नेपाल पाना प्रकाशित: २०७६-३-८ गते
‘गुठी विधेयक पूर्ण रुपले खारेज  गरेर नयाँ विधेयक ल्याउनुपर्छ’

काठमाडौं । आइतबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गुठी विधेयक पूर्ण रुपले खारेज  गरेर नयाँ विधेयक ल्याउनुपर्ने माग गरेका छन् । 

अध्यक्ष थापाले केन्द्रीय समितिको विस्तारित बैठकको निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा माग गरेका हुन् । राप्रपाको बैठकको निर्णयमा भनिएको छ ‘गुठी विधेयक आपत्तिजनक भएकाले जनताको भावनाको सम्मान गर्दै पूर्ण रुपले खारेज गर्न माग गर्दैछ ।’

अध्यक्ष कमल थापाले नेपालको सनातन धर्म संस्कृतिलाई मास्ने गरी यो विधेयक आएको आरोप लगाए । थापाले गुठी विधेयकको विरोधमा भएको सडक आन्दोलनमा आफूहरुको ऐक्यवद्धता रहेको पनि बताए ।

‘त्यो आन्दोलनमा हाम्रो ऐक्यवद्धता छ, गुठी विधेयक आपत्तिजनक भएकाले जनताको भावनाको कदर गर्दै पूर्ण रुपमा खारेज गर्नै माग गर्दछु र नयाँ ल्याउन आग्रह गर्दछु ।’ राप्रपाले पार्टीको केन्द्रीय महाधिवेशन २०७७ जेठ महिनामा गर्ने पनि निर्णय गरेको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक शुरु
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक शुरु

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठक शुरु भएको छ । बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाइने अपेक्ष..

विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब
विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शिक्षाका नाममा भइरहेको लुटतन्त्र अन्त्यका लागि भ्रातृ संगठन नेविसंघलाई परिचालन गरेको छ। पार्टीको निर्देशनअनुसार नेविसंघले निजी श..

नेकपाको सचिवालय बैठक बस्दै
नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै छ । पार्टी एकीकरणको बाँकी काम पूरा गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।    प्रधानमन्त्री निवास..

‘प्रचण्ड जुनसुकै बेला प्रधानमन्त्री बन्न सक्छ, बधाई दिने पहिलो व्यक्ति मै हुन्छु’
‘प्रचण्ड जुनसुकै बेला प्रधानमन्त्री बन्न सक्छ, बधाई दिने पहिलो व्यक्ति मै हुन्छु’

काठमाण्डौ । नेपालमा जनवादी कम्युनिष्ट शाषन ल्याउने नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले दावी गरेका छन् । वैद्यले आफूहरुको क्रान्ति जारी रहेको जिकिर गर्दै कम्यु..