मोदीलाई ज्यानमार्ने धम्की, सुरक्षा निकायमा मच्चिँयो हल्लिखल्ली !


नेपाल पाना प्रकाशित: २०७६-३-८ गते
मोदीलाई ज्यानमार्ने धम्की, सुरक्षा निकायमा मच्चिँयो हल्लिखल्ली !

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्कीका विषयमा अनुसन्धान शुरु गरिएको छ । 

मोदीलाई ज्यान मार्ने धम्की आएको खबरले यतिबेला भारतीय सुरक्षा निकायमा हल्लिखल्ली मच्चिएको भारतीय सञ्चार संस्था एबीपी न्यूजले समाचार प्रकाशन गरेपछि सुरक्षा सतर्कता बढाएको छ । 

प्रधानमन्त्री मोदी यही महिनामा केरल गएका थिए । उनी केरला गएपछि उनीमाथि ज्यानमार्ने धम्की आएको खुलासा भएको हो । यद्यपी प्रधानमन्त्री मोदीलाइ केहि समय अघि नै ज्यान मार्ने धम्की आएको सुरक्षा संयन्त्रलाई उदृत गर्दै एबीपी न्युजले जनाएको छ । स्रोतलाई उल्लेख गरेर एबीपीले लेखेको छ, ‘गुरुवायुर मन्दिरको यात्रामा नै प्रहरीहरुलाई एक खाम दिइएको थियो ।

खाममा एक पाँच सय रुपैयाँको नोट समेत थियो । जसमा मलयालम भाषामा पीएम मोदीलाई मार्ने धम्कीपूर्ण कुरा उल्लेख गरिएको थियो । यो विषय अंग्रेजीमा पनि लेखिएको थियो ।’ प्रधानमन्त्री मोदीको ज्यान मार्ने धम्कीपछि सुरक्षा व्यवस्था मजबुद बनाउनुका साथै कसले पत्र लेखेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।


अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 
अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 

अर्घाखाँची । यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने दर्जन भन्दा बढी घाईते भएका छन।  सन्धिखर्कबाट प्युठानतर्फ जाँदै गरेको जिप अर्घाखाँचीको लात्तेबाँझमा..

देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा
जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा कारागार कार्यालय भीमफेदी, मकवानपुरका तत्कालीन जेलर चिरञ्जिवी थापाले अकूत सम्पत्ति आर्जन गरिएको देखिएपछि थाप..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..